


निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीति’bout छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।
स्थानीय तह निर्वाचन घोषणा भएको २४ फागुनमा एक महिना पुगेको छ । आयोगले सो अवधिमा भएका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिका’bout छलफल गर्न बिहीबार ११ बजेका लागि स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाएको हो ।
बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । ‘आयोगले स्थानीय तह निर्वाचनका लागि सम्पन्न गरेका काम र अबको तयारी’bout जानकारी दिन दलहरूलाई छलफलमा बोलाएको हो,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
आज सर्वदलीय बैठक
स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।
ती दलका सम्बन्धमा आयोले जाँचबुझ अन्तिम चरणमा पु¥याएको र आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट बनेको छ । यस्तै, जनप्रतिनिधि पदमा बहाल रहँदा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन । यी विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुँदै छ ।
यस्तै, आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । यसैगरी, चुनावका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि १० प्याकेजमा प्रकाशित बोलपत्रको सूचनाबमोजिम पर्न आएका बोलपत्रमध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडि बढेको पनि आयोगले जनाएको छ ।
यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र यी नामावलीहरू हाल अध्ययन क्रममा रहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।
आगामी स्थानीय तहको निर्वाचनमार्फत ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा रहेका ६ हजार ७ सय ४३ वडामा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तहको निर्वाचनमार्फत सबैभन्दा ठूलो संरचना महानगरदेखि तल्लो तहको संरचना वडा तहसम्ममा जनप्रतिनिधि चयन हुनेछन् ।
आयोगका अनुसार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता कायम भएका थिए । त्यसपछि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पुग्दा कुल मतदाता १ करोड ५४ लाख पुगेको थियो भने गत पुससम्म दर्ता भएको नामावलीअनुसार १ करोड ६४ लाख मतदाता संख्या पुगेको छ ।
यो समाचार राजधानिबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्