कार्यक्रमको उद्घाटन गर्नुहुँदै वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्थाले एक सातासम्म आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्थाले बिहीबार ५३ औं विश्व वातावरण दिवस मनाउँदै एक सातासम्म आयोजना गरेको वातावरण सम्बन्धी सचेतना मूलक सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो । “प्लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर” भन्ने मूल नाराका साथ अ
ायोजना गरेको अभियानमा हेटौंडाका नगरवासी, विद्यालय, विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष ध्रव प्रसाद अधिकारीको सभाध्यक्षमा तथा वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । वातावरण संरक्षणको महत्वलाई जानकारी गराउँदै प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेको बताएका छन् । जनताहरुमा चेतना फैलाउन र सहकार्यका लागि यस्तो सहयोग गर्ने मन्त्री सिलवालले बताए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने नगरपालिकाको मार्फत प्रतिवद्दता व्यक्त गरेकी छिन् । उनले वातावरण संरक्षणको अभियानमा समुदाय, विद्यालय र युवा पुस्ताको सक्रियता प्रशंसायोग्य भएको बताउँदै नगरपालिकाले आवश्यक बजेट र नीति सहयोग पु¥याउने विश्वास दिलाइन् ।

अध्यक्ष अधिकारीले अधिकारीले टोल विकास संस्था, युवा, महिला समूह, विद्यालय, सामाजिक संघसंस्था र सरोकारवालाहरूको सहकार्यबाट हेटौंडालाई २०८२ सालभित्रै प्लाष्टिकमुक्त बनाउने लक्ष्यमा पुग्न विश्वास दिलाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नगर उपप्रमुख राजेश बानियाँ, नेकपा एमाले मकवानपुरकी सीता विष्ट, हेटौंडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्था, टोल विकास समिति, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, सामाजिक संस्था, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । यस्तै हेटौंडा उपमहानगरपालिकाको सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता, यदी म हेटौंडाको मेयर भए भने विषयक भिडियो प्रतियोगिता, विद्यालयस्तरीय पुनःसागाग्री प्रदर्शनी, लगायतको विजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी