हेटौंडा । नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रुपमा परिचित बनेको छ । जम्मा ०.१ प्रतिशत भूभाग मात्र ओगटेको नेपालमा पाइने वनस्पति र वन्यजन्तुमा ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तु पाइन्छन् । पाइने वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरुको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्व बढ्दै गइरहेको हुनाले जैविक विविधताहरुको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि नै संरक्षण गर्नु अति आवाश्यक रहेको छ ।
यसै सन्दर्भमा हरेक वर्षको जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । मुख्यतः बाघ संरक्षणसम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ । नेपालमा बाघको संख्या वृद्धि भएपनि विश्वमै भने यसको संख्यामा कमी आएको तथ्यांकले देखाएको जानकारहरुले उल्लेख गरेका छन् । जंगल फँडानी, आगलागीका कारण वासस्थानको कमी, आवश्यक आहाराको अभाव, मौसमी परिवर्तन, गैरकानुनी सिकार आदि यसको मुख्य कारण हुन् ।
यस्ता कार्य रोक्न वनरक्षकहरु खटाएर हरसमय सुरक्षका लागि प्रयासमा रहेको डिभिजन वनले उल्लेख गरिरहेको छ । तर, पनि चोरीपेठारी, वन्यजन्तुको शिकार, तस्करी देखि गैरकानुनी कार्यहरु गरेको पाइन्छ ।
प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक र ऐतिहासिक रुपले पनि महत्व मानिन्छ । वातावरण सन्तुलनमा यसको महत्वपूर्ण योगदान छ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकोले ठूलै जंगल संरक्षित गर्नुपर्ने विशेषयज्ञहरु बताउँछन् । सो संरक्षित गर्दा अन्य धेरै प्राणीको संरक्षण हुन्छ अर्थात् वातावरण संरक्षण भई मानव तथा पशुपन्छीको जीवनमा हितकार हुन्छ । बाघ लगायत अन्य बन्यजन्तु संरक्षण नेपालको उन्नति र प्रगतिको सकारात्मक सन्देश हो भने बाघ, गैँडा लगायत वन्यजन्तुको दृश्य अवलोकन गर्न सो क्षेत्रमा पर्यटकहरु घुम्ने गरेको पाइन्छ ।
नेपालमा भित्रने पर्यटनमध्ये ६० प्रतिशतभन्दा बढी पर्यटकले गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगी देश आर्थिक समृद्धिमा चलायमान हुन सक्ने भनिएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ ।
डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन सप्ताह कार्यक्रम चलाइसकेको छ । आगलागि रोक्ने प्रयास, आगलागिबाट हुने नोक्सानीका बिषयमा जानकारी गराउँने हरेक स्थानमा जनचेतनामूलक कार्यक्रम, जोखिम क्षेत्रको पहिचान, निगरानी संयन्त्रको सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय बढाउने अन्तरगर्त काम गरिएको हो ।

मकवानपुरमा पनि वन डढेलो नियन्त्रणका लागि एक हप्तासम्म सञ्चालन गरिएको विशेष वन अधिकृत हेम कुमार पाठकले जानकारी दिए ।
वन डढेलो नियन्त्रणमा गरिएका प्रयास र रणनीतिबारे जानकारी दिएका हुन् ।
वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन र वन संरक्षणमा सहयोग गर्न डिभिजन वन मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रवंशीले आग्रह गरेका छन् । सप्ताहको अवसरमा डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

उनले सबै डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, विकास तथा सम्बन्धित सरोकारवालाहरु लगायतले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
नेपालमा सुक्खायाम शुरू भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको उनले बताए ।
हरेक पटक सामुदयिक बन, सवडिभिजन, डिभिजन बन कार्यालयले वन्यक्षेत्रमा गर्न नहुने र के कसरी बनक्षेत्रमा आवाश्यक काम गर्न सकिन्छ भनेर जनचेतना सन्देश दिने गरिरहेको प्रमुख चन्द्रवंशीले बताए ।
सो कार्य रोक्न र कार्य गर्नेहरुलाई वन संग सम्बन्धि कार्यालय मार्फत नियन्त्रण गरि कार्वाही समेत गरिरकेको छ । सूचीकृत वन्यजन्तु अनि वनस्पतिलाई तिनीहरुको अवस्थाको आधारमा तीनवटा अनुसूचीमा वर्गीकरण गरेको छ । तस्करीका कारण वन्यजन्तु खतरामा पर्ने भएकोले तिनिहरुको व्यापार र ओसारपसारलाई नियन्त्रण गरिने कामहरु समेत भइरहेको छ ।
विना इजाजत वनस्पति र वन्यजन्तु निकासी, पैठारी गर्न नपाइने, निकासी गर्ने इजाजत पत्र लिनुभन्दा पहिले पैठारी गर्ने मुलुकले पैठारी पत्र र इजाजत पत्र पनि दिएको हुनुपर्ने, पैठारीकर्ता त्यसको हेरचाह गर्न सक्षम छ भन्ने कुरा सन्तुष्टि भएको हुनुपर्ने दुर्लभ र संकटापन्न वन्यजन्तु प्रजातिहरूको अवैध सिकारी, वन विनाश, जलवायु परिवर्तन र मानव–वन्यजन्तु द्वन्द्वका कारण यी वन्यजन्तुको अस्तित्व जोखिममा परेको अवस्था बाट बचाउँन हरेक नागरिकहरुका सहभागिता महत्त्वपूर्ण रहेको बताए ।
प्रमुख चन्द्रवंशी भन्छन्–”बाघ लगायत हरेक वन्यजन्तु संरक्षणका लागि प्रभावकारी नीति निर्माण र तिनको कार्यान्वयन महत्त्वपूर्ण छ । वैज्ञानिक दृष्टिकोणबाट नीति निर्माण प्रक्रियामा आवाज उठाउनै पर्छ । नेपालभर यस्ता कार्य रोक्न सबैको साथ आवाश्यक छ ।”




























प्रतिक्रिया दिनुहोस्