हेटौंडा । जेसीआई हेटौंडा वर्ष २०२६ को अध्यक्षमा निर्वाचित भएका सन्तोष पराजुलीलाई जेसीजको जिम्मेवारी हस्तान्तरण गरिएको छ । शुक्रबार जेसीआई हेटौंडाको ४८ औँ पदस्थापन कार्यक्रममा जेसिआई हेटौंडा वर्ष २०२५ का अध्यक्ष पंकज दास बानियाँले वर्ष २०२६ का लागि सम्पूर्ण जिम्मेवारी सन्तोष पराजुलीलाई हस्तान्तरण गरेका छन् ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम भएको थियो । अध्यक्ष पराजुलीले आफ्नो कार्यकालका लागि किरण आले मगरलाई महासचिवमा मनोनित गरेका छन् । कानुनी सल्ल्लाकार प्रविन गुप्तालाई चयन गरेका छन् ।
एक वर्ष कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त भएका पराजुलीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । जेसीआई हेटौंडामा पराजुलीको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका संजय कुमार न्यौपाने र विपिन ताम्राकार, उपाध्यक्षका निर्वाचित भएका विवेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्यलाई पनि पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।



















प्रतिक्रिया दिनुहोस्