हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर-६ का २४ वर्षीय निशान बहादुर सिन्चुरीलाई रहेका छन् ।
मङ्गबार बिहान करिब ९ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवा बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मनहरीबाट कलैयातर्फ आउँदै गरेको ना. बीएसी २३४३ नम्बरको योद्धा पिकअप गाडीलाई शंका लागि रोकी सुरक्षाजाँच गरेको थियो ।
जाँचका क्रममा उक्त गाडीको पछाडिको भागमा फल्स बटम बनाई कालो प्लास्टिकमा लुकाइछिपाई राखिएको अवस्थाम मनहरीका सीन्चुरीको साथबाट २ सय ३ किलो ८ सय ५० ग्राम लागूऔषध गाँजा २० पोका फेला परेको प्रहरीले जनाएको छ। लागूऔषध सहित पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्