हेटौंडा /  जिल्ला प्रहरी बाराको नेतृत्व प्रहरीले लागूऔषध गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा खटिएको प्रहरी टोलीले सोमबार साँझा ६ बजेको समयमा २४० किलो लागुऔषध गाजाँ बोकेको भन्दै ट्रक समेत नियन्त्रण लिएको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २१ अमलेखगञ्जमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटम भित्र लुकाइ राखिएको १५ पोका अञ्दाजी २ सय ४० किलो लागूऔषध गाजाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

बारा प्रहरीले दिएको जानकारी अनुसार बरामद भएको गाँजा, ट्रक र ट्रक चालक चितवन जिल्ला राप्ती नगरपालिका वडा–३, स्थित झुरझुरे बस्ने अञ्दाजी २६ वर्षीय विज्ञान तिमल्सिना र संगै रहेका सोही स्थान बस्ने अञ्दाजी १८ वर्षको बाबु काजी परियार लाई समेत नियन्त्रणमा लिएको हो । उनिहरुको विषयमा आवश्यक कानुनी कार्वाही प्रक्रियालाई अगाडि बढाएको बताइएको छ ।