फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा सहभागी खेलाडीहरु ।

हेटौंडा । हेटौंडामा पहिलो संस्करणको जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । यही जेष्ठ २४ गते हेटौंडा–४,पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा जिल्लास्तरीय फुलकन्ट्याक्स कराँते प्रतियोगिता हुने भएको हो । मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) युनियनको आयोजनामा हुन लागेको कराँते प्रतियोगिताको बारेमा संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिएका छन् । युवा जनशक्तिको उत्पादन गर्न, मानसिक रुपमा स्वस्थ बनाउन र जिल्लामा खेलको विकास गर्नका लागि संघले पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको केन्द्रीय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले बताए ।

प्रतियोगिताको माध्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेर पदक भित्र्याउने लक्ष्य लिएको उनले बताए । प्रतियोगिताका आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकासँग आर्थिक सहयोगको प्रस्ताव राखेको उनले बताए । मकवानपुरको मनहरी गाउँपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिकाबाट महिला तथा पुरुषगरी करिब १ सय ५० जनाको हाराहारीमा खेलाडीहरुको सहभागिता रहन सक्ने अनुमान गरिएको उनले बताए । संघका प्रशिक्षक सुमन कर्मचार्यको संयोजनमा हुने प्रतियोगितमा महिलातर्फ ४ वटा विधामा र पुरुषतर्र्फ ५ वटा विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने छ भने महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि खाजा र खानाको व्यवस्था आयोजकले गर्ने उनले बताए ।

कराँते संघले जारी गरेको सूचना ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक लाख ९४ हजार रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको उनले बताए । प्रतियोगितामा प्रथम, ࣸद्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्यपदक सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, महिला र पुरुषतर्फको एक÷एक जना उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा ११ वर्षदेखि २५ उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । संघका मुख्य प्रशिक्षक श्रेष्ठ र कर्मचार्यले साताको ६ दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म ३० जना खेलाडीलाई कराँते प्रशिक्षण दिने गरेका छन् ।