हेटौंडा । जिबबको र्याप सुन्न दर्शहरुको लागेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१०,स्थित टिसीएन चौरमा जारी महोत्सवको तेस्रो दिन चर्चित र्यापर जिबबले आफ्नो र्यापको प्रस्तूति गरेका थिए । र्यापर जिबबको प्रस्तूतिमा दर्शकहरुको उल्लेखनीय रुपमा ओइरो लागेको थियो ।
उनको र्याप सुन्नका लागि महोत्सवमा करिब ५०० को हाराहरीमा फ्यानहरुको सहभागिता रहेको थियो । यस अघि हिजो राजनराज शिवकोटी, बबिना किराती र बालिका तामाङको सांगीतिक प्रस्तुतीको तुलनमा जिबबको र्यापमा अधिक दर्शकहरु सहभागी भएका थिए । उनले मिलेन लेभ, जनताले राजा छानी सके लगायतका र्याप गाएका थिए ।
भोलि मङ्गलबार चर्चित गायिका मेलिना राई, अमृता घर्ती मगर, उमादेवी खनाल र केसार सिंह मोक्तानको सागीतिक प्रस्तूती रहने आयोजकले जानकारी दिएका छन् ।




















प्रतिक्रिया दिनुहोस्