कार्यक्रमलाई सहजीकरण गर्दै डा.केदार बराल

हेटौंडा । हेटौंडामा जलवायु परिवर्तन र यसको असरबारे बागमती प्रदेशका सञ्चारकहरुर्मीको क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ । सोमबार हेटौंडा–११,स्थित होटल स्मारकमा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा मन्त्रालयका सचिव डा.केदार प्रसाद बरालको सभाध्यक्षमा तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा क्षमता अभिवृद्धि कार्यक्रम भएको हो । कार्यक्रममा जलवायु परिवर्तनको समस्या समाधानका लागि प्रकृति र प्रविधिलाई सँगै लैजानुपर्ने सचिव डा.केदार बरालले जानकारी दिएका छन् । उनले प्रकृति र प्रविधिबीच सन्तुलन कायम राख्नुपर्ने बताएका हुुन् ।

यसको समस्यालाई समाधान गर्नका लागि प्रकृतिमा आधारित रहेर वनको उचित व्यवस्थानसँगै वृक्षारोपण, प्राङ्गारिक खेती, मौजुदा वनलाई संरक्षण, कार्बन संरक्षणका लागि सहयोग, जैविक संरक्षण, कृषि प्रणालीमा सुधार, जलस्रोत र नदि प्रणालीको संरक्षण गर्नुपर्ने उनले बताए । हिमाली, ग्रामीण र विकासशील देशमा प्रविधिमा आधारित काम गर्नु चूनौतीपूर्ण भएपनि घर उद्योग र सार्वजानिक ठाउँमा सौर्य उर्जाको प्रयोग, विद्युत उत्पादन, कृषिजन्य फोहोर, मल, वनस्पतिबाट ग्यास उत्पादन, स्वच्छ यातायातको प्रयोग र फोहोर व्यवस्थापन प्रविधिको प्रयोग गर्नुपर्ने उनले बताए । कार्यक्रममा सहभागी प्रतिनिधिहरु ।

हरित गृह ग्याँसको बढ्दो उर्सजनको कारणले, वनविनाश र क्षयीकरण, औद्योगिकरण, वन डढेलो, भू–उपयोग परिवर्तन, जीवाश्य ईन्धनको बढ्दो प्रयोग तथा शहरीकरणको कारणले जलवायु परिवर्तन हुने उनले बताए । कार्यालयले यसको दिगो व्यवस्थापनलाई अबलम्बन गर्दै कार्बन संचितको वृद्धि, वन क्षेत्र तथा नदि उकास क्षेत्रमा कृषिवनको विकास, जलवायुको जोखिममा रहेको सीमसार क्षेत्रको व्यवस्थापन, दुर्लभ वन्यजन्तुको संरक्षण तथा वनस्पतिको संरक्षण गरेर प्रमुख रणनीतिहरु अपनाएको उनले बताए । १९७० को दशकदेखि हरिगृह ग्याँसहरुको उत्सर्जनले, वायुमण्डल, जलमण्डल, हिममण्डल तथा जीवमण्डलको परिर्वतनको कारणले जलवायु परिवर्तनको समस्या आएको वैज्ञानिक आंकलन रहेको उनको भनाई छ ।

मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटाले जलवायु परिवर्तनले भएको मौसमको फेरवदल र तीब्र घटनाहरु बृद्धिको असरहरबारे बताए । उनले जलवायु परिर्वतनको कारणले अधिकतम तापक्रममा वृद्धि, तातो हावा वहने घटनाक्रममा वृद्धिको उच्च सम्भावना रहेको बताए । अधिकांश क्षेत्रमा वर्षाको बढी हुने, शमसितोष्ण प्रदेशहरुमा सुखा खडेरीका घटनामा वृद्धि, सामुद्रिक तुफान, हावा हुरी र तिव्र वर्षाका घटनाहरुमा उच्च वृद्धि हुने गरेको बताए । यसको कारणले शहरी क्षेत्रका बृद्धहरुको मृत्युदरमा वृद्धि, बाली नालीको विनाश, जीवजन्तुहरुमा तापको प्रभाव, बाढी, पहिरो जस्ता कारणले जन, धनको विनास हुने गरेको उनको भनाई छ ।

वातावरण मन्त्री सिलवालले असोज ११ र असोज १२ गतेको बाढी पहिरोको कारणले वातावरणको क्षेत्रमा ठूलो क्षति पु¥याएकोले जलाधार क्षेत्रको संरक्षणको लागि काम गर्ने बताए । प्रदेशको वातावरण र वन क्षेत्रको संरक्षणमा काम गर्नका पहल गर्ने उनले बताए । जलवायु न्यूनिकरणका लागि लोप भएको जीव जनावरहरुको संरक्षण गर्नुपर्ने कुरामा अग्रसर भएको मन्त्री सिवलालले दावी गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, वन अधिकृत डा. राधिका शर्मा, महाशाखा प्रमुख शिव देवकोटाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई वन अधिकृत राधिका शर्माले पनि सहजीकरण गरेकी थिइन् ।

 

 

 

 

 

रातो समाचार संवाददाता
थप जानकारी