Rato Samachar
Tue, 20 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
पर्यटन समाचार

जखेरा तालमा घुम्न आउने पर्यटक बढ्दै

 चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ मा पर्ने जखेरा ताल अहिले पर्यटकको मुख्य आकर्षक केन्द्र बन्न पुगेको छ । पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उतरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले यतिखेर सबैलाई नै लोभ्याउने गरेको छ । कोरोनाको समयमा सुनसान रहेको उक्त तालमा अहिले वर्षात्को समयमा पनि चहलपहल बढेको छ । विशेष गरेर बिदाको दिनमा ताल घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको छ । अहिले उक्त ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानको लागि वर्षात्को समयमा पनि दैनिक एक सयदेखि दुई सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार १२ बिघा जमिन त्यहाँ रहे पनि हाल साढे पाँच बिघा क्षेत्रफलमा ताल रहेको छ । अन्य स्थानमा भने वनजङ्गल रहेको छ । उक्त तालको गहिराइ छ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिदेश्वर महादेवको मन्दिर छ । यसले गर्दा यहाँ आउने पर्यटकले ढुङ्गा चढेर मन्दिर दर्शन गर्ने गरेकाले पनि तालको थप आकर्षण बढेको छ । यसैगरी वनभोजस्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको पनि अवलोकन गर्नेहरु पनि बढ्ने गरेका छन् । तालमा ढुङ्गा चढ्न पर्यटक निकै उत्साहित हुन्छन् तर थोरै मात्र डुङ्गा भएकाले पालो कुर्नुपर्ने भएपछि पर्खने गरेको समितिका कर्मचारी चौधरीले बताउनुभयो । एक पर्यटकलाई पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न पुग्नुभएकी कोहलपुर नगरपालिका–५ की कालिका रेग्मीले पहिलो पटक तालमा आउँदा निकै आनन्द आएको बताउनुभयो । शिक्षण पेशामा सम्लग्न रहनुभएकी उहाँले दाङमा बसेर पढ्ने आफ्नो छोरी भेट्न आएको बेला छोरीको रोजाइँमा आफू यहाँ घुम्न आएको जानकारी दिनुभयो । रेग्मीले भन्नुभयो, “यति ठूलो र सुन्दर ताल होला भनेर आफूले नसोचेको र यसलाई अझै सफा र स्वच्छ राख्नका लागि स्थानीयवासी सबै लाग्नुपर्छ ।” उहाँले थप्नुुभयो, “ताल त धेरै लोभलाग्दो रहेछ तर यहाँका केही समस्या छन् । जस्तो कि तालको छेउमा जाली, पर्यटकका लागि शौचालय तथा फोहरको उचित व्यवस्थापन हो ।” तालको संरक्षण र संवद्र्धन गर्न सके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रहेछ रेग्मीले भन्नुभयो । लमही नगरपालिका–३ का दीपु चौधरीले ढुङ्गा चढेर ताल अवलोकन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ताल रमणीयस्थलमा छ, आज भोलि विद्यालय बन्द भएकाले साथीसँग घुम्न आएको हुँ, उहाँले भन्नुभयो । ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले जखेरा तालको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित हुन पुगेको हो भन्नुभयो । विगतका वर्षमा भने सो ताल जलकुम्भी झार र माटोले पुरेको थियो । जिल्ला भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, ताल संरक्षण समिति तथा नागरिक सबैको सहयोगले ताल यो अवस्थामा आउन सफल भएको हो उपाध्यक्ष केसीले भन्नुभयो । ताल अवलोकन गर्न आउनेका लागि खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षा लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्न ढुङ्गाको पर्याप्त व्यवस्था, गेट निर्माण हुन नसक्नु समस्या भएको उहाँको भनाइ थियो । त्यसै गरी तालसम्म पुग्ने करिब डेढ किमी सडक कालोपत्र नहुँदा पनि समस्या हुने गरेको छ । तालको विकासका लागि लमही नगरपालिकाबाट केही आर्थिक सहयोग प्राप्त भएकामा त्यसबाट बगेँचालगायत भौतिक पूर्वाधार निर्माण गरिएको थियो । यस तालको आफनै एतिहासिक पृष्ठभूमि छ। स्थानीय थारु भाषमा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ । त्यस ठाउँलाई जखेरा भनिन्छ । विस २०३०मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्दिजिवी मिलेर त्यसैखेर गईराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिचाई गर्न चुरे फहाडको फेदीमा कृतिम रुपमा खाडल खनि मानव निर्मित जल भण्डारणको रुपमा पोखारी बनाइएको थियो । सोही पोखरी अहिले जखेरा तालको नाममा परिचित छ । दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा सो ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले हिउँदको समयमा भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गरेका छन् । –––

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

2

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

3

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

4

जीतपुरसिमरामा २०३ किलोभन्दा बढी गाँजासहित मकवानपुरका पिकअप चालक सीन्चुरी पक्राउ

रातो समाचार संवाददाता
5

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

6

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

7

रास्वपाका वरिष्ठ नेता बालेनले भोलि प्रधानमन्त्रीको शपथ लिने

रातो समाचार संवाददाता
8

लागूऔषध गाँजासहित एकजना पक्राउ

9

माधवपूर गोल्डकप फुटबलमा सहभागी हुँदै हेटौंडा फुटबल एकेडेमी

10

हराएको २ वटा ट्रक सम्बन्धी व्यक्तिलाई बुझाइयो



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology