हेटौंडा । तेस्रो संस्करणको चैनपूर कप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलको प्रवेशका लागि भोलि खेल्ने छ । चितवन जिल्लाको खैरहनी नगरपालिकामा जारी प्रतियोगिता अन्तर्गत भोलि आइतबार हुने क्वार्टरफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीले रत्ननगर नगरपालिक वडा नम्बर-४ को टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । खेल ४ बजेबाट सुरु हुने खेलतालिका रहेको छ ।

यस अघि भएको पहिलो खेलमा  हेटौंडा फुटबल एकेडेमीले साइमन स्पोर्टस् क्लबलाई १–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । उक्त खेलमा हेटौंडा फुटबल एकेडेमीका लागि सुजन तितुङले निर्णायक गोल गर्दै खेलको म्यान अफ द म्याच  घोषित भएका थिए । आइतबारको खेलमा जित निकाले हेटौंडा फुटबल एकेडेमीको टिमले सेमीफाइनलको यात्रा पूरा गर्ने  एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिएका छन् ।

खेलाडीहरु उत्पादन गर्न, खेलाडीको क्षमताको वृद्धि गर्ने र उनीहरुलाई नयाँ अनुभव गराउनका लागि एकेडेमीका खेलाडीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको टिम म्यानेजर सञ्जय लामाले बताएका छन् । टिम म्यानेजर लामाले खेलाडीहरुलाई छनौट गरेर अनुशासित गराउन गरेका छन् ।

खैरहनी नगरपालिकाको र २ नम्बर वडा कार्यालयको संरक्षणमा सुरु भएको प्रतियोगिताका लागि विभिन्न निकायहरुले सहयोग गरेको छ । राष्ट्रियका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्न मूल नाराका साथ ३ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
चैनपूर युथ क्लबको आयोजनामा नकआउट प्रणालीमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।  नकआउट प्रणालीमा असार ११ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल असार २८ गते हुनेछ । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी