प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय ब्वाइज/गल्र्स बक्सिङ प्रतियोगिता आगामी चैतको पहिलो सातादेखि हुने भएको छ ।

नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा आगामी चैत ५ देखि प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहका बक्सरले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।

पुरुषमा १० तथा महिलामा ८ गरी जम्मा १८ स्पर्धामा खेल हुनेछ। प्रतियोगितामा करिब २५ जिल्ला रक्लबका ८० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले  जनाएको छ।

प्रतियोगिता नोभेम्बरमा बहराइनमा हुने एएसबिसी एसियाली स्कुल बक्सिङका लागि खेलाडीको प्रारम्भिक छनोटका रूपमा रहेको छ। करिब १२ लाख अनुमानित खर्च रहेको तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा खेलाइनेछ। पत्रकारसम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले स्कुलस्तरका प्रतियोगिताबाटै भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।

प्रतियोगिताका दौरान १३औं दक्षिण एसियाली खेलकुद (साग)का बक्सिङ स्वर्णधारीत्रय भूपेन्द्र थापामगर, सनिल साही रमिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरको तर्फबाट जनही १ लाख नगदसहित सम्मान गरिने भएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो