Oplus_16908288

हेटौंडा । नेकपा माओवादी निकट संगठन योङ कम्युनिष्ट (वाइसीएल) मकवानपुर चित्रेपानी सामुदायिक वन समितिमा वृह्त सरसफाइ कार्यक्रममा जुटेका छन् । वाइसीएलका कार्यसमिति हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७,८ र १५ मा रहेको वन समितिमा सरसफाइका लागि जुटेका हुन् ।

वाइसीएलका प्रतिनिधिले गत श्रावण महिना १ गतेदेखि सुरु गरेर असोज महिना सम्म अभियानलाई सञ्चालन गर्नेछन् । वाइसियल नेपाल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल मकवानपुर,चित्रेपानी सामुदायिक वन समितिमा बिहीबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बिजय गौतम नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवंम मकवानपुर इन्चार्ज, प्रलाद लामिछाने नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवंम हेटौंडा उपमहानगरपालिका समिति इन्चार्ज, विवेक राई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य, बद्री बहादुर स्याङ्तान, नेकपा (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका समिति अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी