![](https://ratosamachar.com/wp-content/uploads/2024/04/440341238_3704790053142147_5284644890411098568_n-1-1024x850.jpg)

हेटौंडा । चरेश जस्तो देखिने ६ किलो ९ सयग्राम लागु पदार्थ सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार पुर्वपश्चिम खडकखण्डबाट ४ बजेर ४५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको इलाका प्रहरीको टोलिले धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ८ किराञ्चोक बस्ने ३३ वर्षिय चिन बहादुर डिङडुङलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौंबाट हेटौंडातर्फ आउदै गरेको ना ७ ख २०१८ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार डिङडुङलाई शंखा लागि चेकजाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा डिम्डुङको साथबाट चरेश जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्यादको अनुमति लिई थप अनुसनधानको काम भइरहेको छ ।
चिन बहादुर डिङडुङको साथबाट नियन्त्रणमा लिएको लागुपदार्थ
प्रतिक्रिया दिनुहोस्