रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाको मुटु बुद्धचोकमा खुल्ला राष्ट्रिय पुरुष हेटौडा रन प्रतियोगिता हुने भएको छ।

उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा १६ वर्ष पुरा भएका नेपाली नागरिक सहभागी हुन सक्ने भनिएको छ ।

फागुन १८ गते शुक्रबार विहान ७ बजे बुद्ध चोकबाट शुरु भइ कान्तिराजपथ हुदै पिप्लेसम्म पुगेर फेरि बुद्ध चोकमै पुन: फर्किएर ५ किलोमिटर दूरीको दौडमा सक्किने नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेले बताए । नगर खेलकुद विकास समितिमा निर्वाचित भए पश्चात उनको नेतृत्वमा हुन लागेको यो पहिलो कार्यक्रम हो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६० हजार रुपैयाँ, द्वितीय हुनेलाई नगद ५० हजार रुपैयाँ र तृतीय हुनेलाई नगद ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने प्रतियोगितामा सहभागी भएकाहरु मध्ये दुई जनालाई नगद १०-१० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने बताइएको छ ।

करिब ४ लाख रुपैयाँ लागत अनुमान गरिएको नेपाल ऐथलेटिक्स संघको नियमानुसार हुने कार्यक्रममा सोहि दिन विहान ६:४५ बजे प्रतियोगिता स्थलमै गएर समेत सहभागिताको लागी नाम दर्ता गर्न सकिने जानकारी गराइएको छ ।