
हेटौंडा । काठमाडौं महानगरपालिकामा जारी १५ औँ संस्करणको केन्द्रीयस्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत बागमती प्रदेशका लागि मकवानपुरकी दीना गोपाली सहित ३ जना नयाँ जुनियर खेलाडीले कीर्तिमान कायम गरेका छन् । बिहीबार भएको एथलेटिक्स तर्फको खेलमा छात्रतर्फ दीना गोपालीको समूह सहित ३ जना नयाँ खेलाडीले कीर्तिमान रचेकी हुन् । राष्ट्रय खेलकुद परिषद् ( राखेपा) का अनुसार ज्याभ्लिन थ्रो, छात्रातर्फ ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिले दौडमा नयाँ अनुहारका खेलाडीले कीर्तिमान कायम गरेका हुन् ।
छात्रातर्फको ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका लागि मकवानपुरकी दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलको समूहले ४ मिनेट १२.८ सेकेन्डमा दूरी तय गर्दै कीर्तिमान बनाएका छन् ।छात्रतर्फको खेलमा ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले ५७.४० मिटर थ्रो गर्दै कीर्तिमान कायम गरेका हुन् । छात्रातर्फको ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाएका थिए । छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले निर्धारित दूरी ३ मिनेट ३०.९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्