Oplus_131072

रोशन दिप – बागमती प्रदेशकाृे राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार देखि सुरु भएको प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ मा
काठमाडौं चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ ।

माउण्ड एभरेष्ट क्लब काभ्रेलाई काठमाडौंले ३–० गोलअन्तरले हराएको हो । काठमाडौंका तर्फबाट तन गोल गर्ने अंकित रासकोटी खेलको म्यान अफ दी म्याच घोषित भए ।

राजिव मान बस्नेतको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी हुुन् ।

लिगकम नकाउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा भोली विहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच प्रतिस्पर्धा हुनेछ ।

३१ लाख खर्च हुने अनुमान गरिएकोप्रतियोगितामा विजेताले नगत दुइ लाख र उपविजेताले एक लाख रकम सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।