शिवरात्रिको अवसर पारेर काठमाडौंको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन्।

सिफलमा शनिबार राखिएको कार्यक्रममा ६० जनाले रगत दान गरेका क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले जानकारी दिए। आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना उनले सुनाए।

वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले कोरोना महामारीको असरले अस्पतालहरूमा रगत अभाव भएकाले संकलित रगतबाट बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा पुगेका एमाले नेता राजन भट्टराईले सेवमुखी काममा युवाहरूको सक्रियताको प्रसंशा गरे। ‘अस्पतालमा कतिपय बिरामी रगत नपाएर तड्पिरहेका बेला तपाईंहरूले संकलन गरेको रगतले उनीहरूको ज्यान बचाउन सक्छ। आगामी दिनमा पनि परोपकारका यस्ता कामलाई निरन्तरता दिनुहोला’, भट्टराईले भने।  समाजका अध्यक्ष मिश्रले यो आफूहरूको पाँचौँ रक्तदान कार्यक्रम भएको बताए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो