हेटौंडा स्कूल अफ म्यानेमेन्टल ।

हेटौंडा । हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइनसनले शिक्षाशास्त्र विषय निःशूल्क पढाउने भएको छ । म्यानेजमेन्ट कलेजले शैक्षिक जनशक्तिको अभावलाई परिपूर्ती गर्न सहयोग मिल्ने विश्वास गर्दै शिक्षाशास्त्र संकाय निःशूल्क रुपमा पढाउने भएको हो ।

नवोदय शिशु सदन बोर्डिङ स्कूलको नवोदय इनोभेशन सेन्टरको सहकार्यमा कक्षा–११ र कक्षा–१२ का विद्यार्थीका लागि शिक्षशास्त्र विषयको अध्यापन कार्य औपचारिक रूपमा सुरु गरेको म्यानेजमेन्टले जनाएको छ । शिक्षा क्षेत्रमा देखिएको जनशक्तिको अभावलाई परिपूर्ति गर्ने उद्देश्यले म्यानेजमेन्टले पहिलने पटक कार्यक्रमको आयोजना गरेको छ ।

सीमित कोटामा रहेको “शिक्षा“ विषयमा विद्यार्थीलाई नेपाली, अङ्ग्रेजी र गणित विषयमा पढ्न पढाइने बताइएको छ । निःशूल्क रुपमा शिक्षा विषय अध्यापन गराएर शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने, शैक्षिक विकासमा योग्दान पु¥याउने, विद्यार्थीलाई प्रत्यक्ष शिक्षण अनुभव प्रदान गर्दै उनीहरुको व्यावहारिक दक्षता र आत्मविश्वास बढाउने म्यानेजमेन्ट कलेजले विश्वास लिएको छ ।

म्यानेज मेन्टले नवप्रवर्तनशील शैक्षिक पहलहरू मार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यमा निरन्तर अग्रसरता जनाउँदै आएको छ । शिक्षा बिषयको सुरुवातले विद्यालयको समावेशी, गुणस्तरीय र भविष्यमुखी शिक्षाको दृष्टिकोणलाई थप मजबुत बनाउने कलेजले दावी गरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी