हेटौंडा । यही फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेद्वार रामेश्वर रानाले आफ्‌नो चुनावी प्रतिवद्दतापत्र सार्वजानिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेद्वार बनेका रामेश्वर रानाले आफ्‌नो चुनावी प्रतिवद्दतापत्र सार्वजानिक गरेका हुन् ।

यस्ता छन् रामेश्वर रानाले सार्वजानिक गरिएको प्रतिवद्दतापत्रमा सार्वजानिक गरिएका विषयहरु ।

वैदेशिक हस्तक्षेप अन्त्य गर्न र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न।
 मुर्छित संविधानलाई जीवन दिन र लोकतन्त्रको सुद्धीकरण गर्दै समाजवादतर्फ उन्मुख हुन ।
देशमा छाएको त्रासको वातावरण अन्त्य गरी नेपालीको खस्किएको मनोबल उच्च्त्व बनाउन, पूर्ण शान्तिसुरक्षाको ग्यारेन्टी गर्न।
भ्रष्टाचार र कुशासनको अन्त्य गर्न, समृद्धि र सुशासनको प्रत्याभूत गर्न ।
मकवानपुरमा रोकिएका र अधुरा रहेका सडक, खानेपानी, सिंचाई, तटबन्धन, विद्युतिकरण, धार्मिक पर्यटकीय, स्वास्थ्य केन्द्र, शैक्षिक र खेलकुदका पूर्वाधार विकास निर्माणका कार्यहरू सम्पन्न गर्न।
नवयुवालाई प्राविधिक शिक्षाको अवसर प्रदान गर्न, युवाहरूमा सीपमुलक विकास गर्दै रोजगारीको सृजना गर्न।
किसानलाई प्रोत्साहित गरी कृषिउपज बढाउन, कृषिक्षेत्रलाई निर्वाहमुखीबाट व्यवसायीक रुपमा विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन ।
 देश कै पुरानो हेटौंडा औद्योगीक क्षेत्रभित्र थप उद्योग स्थापना गर्दै मयुरधापको नयाँ औधोगीक क्षेत्रको कामलाई तिब्रता दिइ थप उत्पादन र रोजगारी सृजना गर्न।
मकवानपुरमा बसोवास गर्ने भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी पुर्जा उपलब्ध गराउन ।
यस जिल्लाका पूराना बजारहरूलाई आधुनिक सहरको विकास गर्न, ग्रामीण भेगमा नाँ बजारहरू विस्तार गर्न र उचित व्यावसायिक वातावरण बनाउन ।
 जनतालाई दिइँदै आएको स्वास्थ्य विमा सेवा घटाइएकोमा पुनः बढाउन र अझै व्यवस्थित गर्ने ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालबाट सेवा सुविधा वृद्धिगरी जनतालाई स्वास्थ्य सेवा सहज र थप प्रभावकारी बनाउन ।
सबै सामुदायिक क्याम्पस र विद्यालयहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गर्न, गुणस्तरीय प्रविधियुक्त शिक्षा प्रदान गर्न ।
 जिल्लामा रहेको सबै जाति, जनजाति र समुदायको मौलिक कला, भाषा, सस्कृक्ति र साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्न।
मकवानपुर जिल्लालाई देशकै उत्कृष्ट पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने ।
रातो समाचार संवाददाता
थप जानकारी