अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज् कम्प्याक्ट (एमसीसी) परियोजना सम्बन्धी गरिएको ११ बुँदे व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको पहिलो बैठकबाट एमसीसीमा सामान्य प्रस्ताव पारित पश्चात् बानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो ।

‘एमसीसीमा व्याख्यात्मक घोषणा पारित भयो । अब यो संसदमा पेश हुन्छ र आजै एमसीसी पारित हुन्छ ।’, उहाँले भन्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएको हो ।