नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलालाई सम्मान गरेको छ। परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको छ।

परिसंघले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका महिलाहरू रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिकलाई सम्मान गरेको हो।

यसैगरी महिलालाई प्रोत्साहन गर्ने पतिहरूलाई पनि सम्मान गरिएको छ। परिसंघले प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, विक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा. रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरूणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई पनि सम्मान गरेको छ।

कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दिगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए। परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाया शर्माले भविष्यको दिगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताइन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो