Rato Samachar
Thu, 27 August, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

असारमा मात्रै सवा दुई अर्ब खर्च

बागलुङमा गत असार महिनामा मात्रै रु दुई अर्ब १५ करोड खर्च भएको छ । जिल्लास्थित सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त खर्च गरेका हुन् । असारमा मात्रै चालुतर्फ रु एक अर्ब एक करोड ९५ लाख ५५ हजार खर्च भएको छ । यो कूल विनियोजनको भएको बजेटको १२.४६ प्रतिशत हो । असारमा मात्रै यहाँका सरकारी कार्यालयले रु एक अर्ब २४ करोड ८४ लाख खर्च गरेका छन् । कूल विनियोजित रु दुई अर्ब ७४ करोड एक लाख मध्ये ३४.२८ प्रतिशत बजेट असारमा मात्रै खर्च भएको छ । पछिल्लो ११ महिनामा ४१.७२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका कार्यालयले असारमा मात्रै उक्त खर्च गरेका हुन् । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असारमा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन । कार्यालहरुबाट खर्च भएको तथ्याङ्कलाई हेर्दा चालु आवमा ८८.७५ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९४.४५ प्रतिशत र पुँजीगततर्फ ७५.२८ प्रतिशत बजेट खर्च भएको हो । गत आवमा जिल्लामा कूल ८७.८५ प्रतिशत खर्च भएको थियो । गत वर्ष ८३.०७ प्रतिशत पुँजीगत खर्च गरेका कार्यालयले ९०.३१ प्रतिशत चालु आवमा खर्च गरेका थिए । अघिल्लो बर्षको तुलनामा चालु खर्च बढेको भए पनि पुँजीगत खर्चमा भने कमी आएको छ । जिल्लास्थित सङ्घीय सरकारअन्तर्गत कार्यालयले भन्दा प्रदेश सरकारअन्तर्गत कार्यालयको पँुजीगत खर्च अनुपात उल्लेख्य रहेको छ । असार मसान्तसम्म सङ्घीय सरकारको ५८.२५ प्रतिशत पुँजीगत खर्च हुँदा प्रदेश सरकारको ८७.७४ प्रतिशत पुँजीगत खर्च भएको छ । सङ्घीयतर्फ पुँजीगत शीर्षकमा रु एक अर्ब, ५४ करोड २६ लाख विनियोजन भएकामा रु ८९ करोड ८५ लाख खर्च भएको छ । असारमा मात्रै रु ३३ करोड ७३ लाखभन्दा बढी खर्च भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

सीता देवी स्मृति फुटबल प्रतियोगिता, घरेलुटोली सिक्किम पुलिसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमी पहिलो खेलबाटै बाहिरियो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

यशको दोहोरो भूमिकामा “टक्सीक” बुधबार देखि प्रदर्शन निर्देशक गीतु मोहनदास चर्चामा

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

नेपाली फिलम “पार्वती” भदौ १२ देखि प्रर्दशनमा

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology