मकवानपुरको बकैयामा कारले साईकल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका वडा नम्बर ४ गोठखोला स्थित धरान चतरा सडक खण्डमा हात्तिसुँडेबाट आउँदै गरेको प्रदेश ३(०१(०२४ च १७९६ नम्बरको कारले हात्तिसुडे तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा सोही स्थानका निशान बानियाको मृत्यु भएको हो ।

कारले ठक्कर दिएपछि निशानको खुट्टा भाचिएको,र टाउकोमा चोटलागेका कारण, उपचारको लागी हेटौडा अस्पताल तर्फ पठाईएपछि उपचारको क्रममा घाइतेको मृत्यु भएको मकवानपुरले जनाएको छ ।।

प्रहरीले दिएको जानकारी अनुसार घटना पछि चितवन भरतपुर महानगरपालिका १० बस्ने कार चालक बर्ष ३५ का सारदा सुवेदी प्रहरी नियन्त्रणमा रहेको छ।