रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित हेटौडा क्याम्पसमा शुक्रबार आयोजित होली मिलान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि संघ) मकवानपुर र क्याम्पसको नेवि संघ इकाई समितिले संयुक्त आयोजना गरेको हो ।

नेविसंघ हेटौडा क्याम्पस इकाई अध्यक्ष युवराज विश्वकर्माको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति वुद्ध लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

विद्यार्थीले गर्ने हरेक सकारात्मक गतिविधिमा आफूले सक्दो सहयोग गर्ने भन्दै कार्यक्रमले विद्यार्थीहरुमा सद्भाव र एकताको भावनाको विकास हुने विश्वास रहेको नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष वुद्ध लामाले बताएका छन्।

निराशाजनक पस्थितिबाट पार गराई विद्यार्थीहरुको जिवनमा आशाको दियो बाल्न आफु सँधै तत्पर रहने र उपयुक्त कार्य गरी संगठनलाई थप उचाइ दिने प्रयासमा सदैव लागिपर्ने नेविसंघ मकवानपुरका कार्यवहाक अध्यक्ष सन्तोष चौलागाईले बताए ।

रङहरुको पर्व होली सद्भाव र भाइचारा अनि एकताको सन्देश दिने पर्व भएको हुनाले कार्यक्रमले विद्यार्थी र आफूबिचको सामिप्यता अझ प्रगाढ बनाउने विश्वास विश्वकर्माले व्यक्त गरेका छन्। त्यसै गरी क्याम्पसमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीले आर्थिक अवस्था कम्जोर भएकै कारण पढाइ छोड्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागी आफ्नो तर्फबाट बुलन्द तरिकाले पहल कदम चलाउने उनले बताएका छन् ।

कार्यक्रममा काँग्रेस मकवानपुरकी सह सचिव इन्दिरा न्यौपाने, नेविसंघ मकवानपुरका पूर्व अध्यक्ष राजु खतिवडा, हेटौडा क्याम्पसका क्याम्पस प्रमुख देविराम लामा, पूर्व क्याम्पस प्रमुख डा देवचन्द्र मानन्धर, छात्रवृत्ति कोष, हेटौंडा क्याम्पसका अध्यक्ष प्रदीप कोइराला लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।