हेटौंडा । गायिक रचना रिमालले हेटौंडामा आफ्‌नो सांगितीक प्रस्तुती दिएकी छिन् । होटल एशोसिएसन मकवानपुरको आयोजनामा आइतबारबाट हेटौंडामा सुरु भएको १२ औं सडक खाना महोत्सवको पहिलो दिन गायिक रचना रिमालले आफ्‌नो सांगीतिक प्रस्तुती दिएकी हुन् ।

उनले आफ्‌नो प्रस्तुतीमा ६ वटा गीत गाएकी छिन् । उनले प्रस्तुत गरेको फोटो फिरिमा, लन्डनको चिसोले समाउला, सम्झिने पानी छम्किने, फूलको माला र मिनिरल वाटर लगाएका गीतमा दर्शकहरु रमाएका थिए ।

पहिलो दिन गायिका रचना रिमालको सांगीतिक प्रस्तुतीमा रमाइलो गर्नका लागि राम्रै संख्यामा दर्शकहरु सहभागी भएका थिए । सडक खाना महोत्वसमा राष्ट्रिय कलाकाहरुसँगसँगै स्थानीय कलाहरुको पनि प्रस्तुती रहने बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी