हेटौंडाका खेलाडी रातो जर्सीमा र लाङजिङ ब्वाइजका खेलाडी रातो जर्सीमा ।

हेटौंडा । छिमेकी मुलुक भारतको वेष्ट वंगाल प्रदेशमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबलमा फाइनल प्रवेशका लागि साविक विजेता हेटौंडा फुटबल एकेडेमीले मङ्गलबार लाङ्गजिङ्ग ब्वाइजसँग भिड्ने भएको छ । सोमबार भएको आफ्नो सेमीफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीले फारम ब्वाइजलाई ८-१ गोलले पराजित गरेसंगै लाङ्गजिङ्ग ब्वाइजसँगको भेट पक्का भएको हो । कालिम्पोङ जिल्लाको मुनसोङ्ग खेल मैदानमा हुने फाइनल खेल दिउँसो २ बजेबाट सुरू हुने टिम म्यानेजर छिरिङ लामाले जानकारी दिएका छन् ।

हेटौंडा फुटबल एकेडेमीले राउण्ड अफ ३२ को आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टोलीले घरेलु टोली सिक्किमको माम्रिङ व्वाइजलाई ८-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै शुखद् सुरुवात गरेको थियो भने अफ्नो दोस्रो खेलमा हाइल्याण्डर वारियरलाई १३-२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यस्तै, हेटौंडा फुटबल एकेडेमीको टोलीले मङ्गलबार नै पाक्योङ जिल्लामा हुने फुटबल प्रतियोगितामा पनि आफ्नो पहिलो क्वाटर्फाइनलको खेल खेल्ने छ ।

मुनसोङ र्स्पोर्टस् एशोसिएसन क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिता ३२ वटा टिमहरुको सहभागिता रहेको छ । अगाष्ट २६ बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल इन्डिपेन्डेन्स डे को दिन हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो ।

विगत ३ वर्ष देखि भारतको सिक्किमसहित पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले सहभागिता जनाउँदै आएको छ । यद्यपि हेटौंडा फुटबल एकेडेमीको टोलीले ३ वर्षको अवधिमा मुनसोङको फुटबल प्रतियोगितामा पहिलो वर्ष उपविजेता बनेको थियो भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी