बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केहिबेर अघि  ९८५३ मतको गणना हुँदा  राप्रपाले अग्रता पाएको छ।

केहिबेर अघि गरिएको ९८५३ मतगणनामा मेयर राप्रपा का दिपक बहादुर सिहको ३०३५  मत प्राप्त छ।
गठबन्धनबाट नेकपा एसको मिना कुमारीलामाले – २९३९ मत पाएकी छन।
नेकपा एमाले तर्फका अनन्त पौडेलले – २६६५ मत प्राप्त गरेका छ्न।

उपमेयर तर्फ नेकपा एमालेको सुमित्रा काफ्लेको ३२९५ गठबन्धनबाट काङ्ग्रेसका राजेश बानियाले – ४४९१ मत पाएका हुन।
राप्रपाको इन्दिरा न्यौपानेले – ८९० मत पाएकी हुन।
यो मतको परिणाम अनुसार ९६ मतले दिपक अघि छन।
मत गणना जारी छ।