बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलतर्फबाट उम्मेदवारी दिएका उम्म्ेदवारहरु चुनाव केन्द्रित रहेर प्रचार प्रसार कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
आफ्ना योजना सुनाउदै घरदैलो अभियानलाइ निरन्तर दिदै घरघरमा पुग्ने सल्लाहा सुझाव लिने र आाफुले गर्ने कामको प्रतिवद्धता जनाउदै आईरहेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसका सत्तारुढ गठबन्धन तर्फबाट मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार रञ्जन कालाखेतीले पनि घरदैलो अभियानलाई तिब्रता दिइरहेका छन् ।
निर्वाचनको प्रचार – प्रसारको क्रममा विभिन्न स्थानमा पुगेर अव्यवस्थित बस्तीलाई ब्यबस्थापन गर्ने समृद्ध पालिका निमार्ण गरि जनतालाई सुखी र खुसी बनाउँन उम्मेदवारी रहेको कालाखेती बताउछन् ।
उनले घरदैलो अभियानमा सधै जनतामाझ रहेर काम गर्ने प्रतिवद्धता जनाउदै जनताले गठबन्धनमा विश्वास गरि समृद्ध पालिका बनाउने मौका पाइने माहौल बनेको बताए ।
कालाखेती भन्छन् “हामी गठबन्धन दलहरु एउटै भएका छौं । विपक्षीहरु गठबन्धनभित्रको समझदारी देखेर बिपक्ष आत्तिएर अनेकौ टिक्क टिप्पणी गरिरहेका छन् । समृद्ध पालिका बनाउने र सुखी र खुसी जनता बनाउनका लागि आएका हौं। हरेक वडा तहमा परेका धेरै समस्या पनि हामीले समाधान गरेका छौं । आउदा दिनमा हामी हरेक वडामा हरेक नागरिकको समस्या समाधान गर्ने छौं । विकाश निमार्णका काम गरि जोखिम नियन्त्रणका काममा पहल गर्ने आर्थिक आयआर्जनको बिकल्प बनाउने र स्वास्थ्य शिक्षामा सहज र निःशुल्क प्राप्त गर्न पाउने व्यवस्था र स्वरोजगार हुने योजना बनाएको छु । हरेक जातजाति र लिङ्गको धर्म कर्म र मर्मको सम्मान अस्तित्वकायम गर्ने र रक्षा गरि मनहरी गाँउपालिकको फरक पहिचान बन्ने गरि काम गर्ने छु ।”














प्रतिक्रिया दिनुहोस्