हेटौंडा । छिमेकी मूलूक भारतको सिक्किम प्रदेशको पाक्योङ जिल्लास्थित रङ्पोमा जारी एलडी सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीले आफ्नो पहिलो खेल भोलि सोमबार खेल्ने भएको छ । ८० औं इन्डिपेन्डेन्स डे अर्थात स्वतन्त्र दिवसको अवसरमा अगष्ट २६ बाट रङ्पोको खेल मैदानमा आइडीडी सी रङ्पोको आयोजनामा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको टोलीले सिक्किम पुलिसको टिमसँग भिड्ने भएको एकेडेमीका टिम म्यानेजर छिरिङ लामाले जानकारी दिएका छन् ।
सोमबारको खेलमा जीत निकालेमा हेटौंडा फुटबल एकेडेमीको टोलीले क्वार्टरफाइनलको स्थान सुरक्षित गर्नेछन् भने अगष्ट ५ तारिखमा गुरखा एफसी निरपानी र जैशवाल ब्रदर्शबीचको विजेतासँग खेल्ने छन् । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल अगष्ट १५ मा इन्पिेन्डेन्स डे को दिनमा हुनेछ । एकेडेमीको टोलीले मुनसोङको, पाक्योङ स्र्पोर्टिङ क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिता, ग्यानटोकको फुटबल प्रतियोगितामा सहभागी भएका टिम कप्तान छिरिङ लामाले बताए । पाक्योङ स्र्पोर्टिङ क्लबको आयोजनामा जारी फुटबल प्रतियोगितामा एकेडेमीले एसटी जेर्भिएर्स स्कूलको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले एकेडेमीको टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् । शुक्रबार मुनसोङमा भएको फुटबल प्रतियोगिता अन्तर्गत राउण्ड अफ ३२ को खेलमा एकेडेमीले घरेलु टोली माम्रिङ व्वाइजलाई ८–१ को भारी गोलान्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको थियो । एकेडेमीले अन्य विभिन्न खेलहरु खेल्न भने बाँकी रहेको उनले बताए ।

















प्रतिक्रिया दिनुहोस्