हेटौंडा/ हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर शुक्रबारदेखि एकमात्र नेपाली फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ ।
अघिल्लो साताहरूमा प्रदर्शनमा आएका ‘कबड्डी ५’, ‘छ माया छपक्कै २’, ‘आबाट आमा २’ लगायतका नेपाली र विहिबार प्रर्दशनमा आएको ४ हजार करोडको बलिउड फिल्म रामायण सँग भिड्नु परेको छ ।
प्रदर्शन नै रोकिने अवस्थासम्म पुगेको उललेख हुदै आएपनि पूर्वनिर्धारित समयमै शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । पत्रकार सुशील पौडेलले फिल्मको कथा, पटकथा तथा संवाद लखेका हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आर.आर. फिल्मसले वितरण गरेको हो ।
दिग्गज कलाकार हरिवंश आचार्य सहित महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल, रितेशजंग खत्री लगायतकोअभिनय रहेको छ।
वसन्त निरौलाले निर्देशन गरेको फिल्ममा राजा चाहिया छ बोलको गित सार्वजनिक भइपछि इभा गिरीको नृत्यको कारण देखाउँदै प्रर्दशनमा रोक लगाउने भन्दै विरोध गरिएको थियो ।
‘राजा चाहिया छ’ गीत सार्वजनिक – क्यासिनोमा इभा गिरी ग्ल्यामरस शैलीमा नृत्य देखाएकोमा हरिवंश आचार्यसहित फिल्मका अरु कलाकारसमेत झुमिएको दृष्यलाई केन्द्रित गर्दै सामाजिक सञ्जालमा बहिष्कार गर्नुपर्ने उल्लेख भएको थियो ।
द्रौपदी भनेर सार्वजनिक गरिएको पात्रलाई अहिले क्यासिनोको ‘आइटम’ गीतमा किन प्रस्तुत गरियो भन्ने प्रश्न सहित बिरोध गरेका थिए । ट्रेलर सार्वजनिक भएपछि हरिवंशको पात्र आफूलाई स्वर्गबाट पृथ्वीमा आएको युधिष्ठिर बताउँदे गरेको आफ्ना भाइहरू खोज्न भौतारिएको भेटिएकालाई भीम, अर्जुन, नकुल र सहदेवसँग जोड्दै गरेको देखिएपछि केही व्यक्तीहरुले गित र कथा फरक पाटो भएको बताइरहेका हुन् । यसैविच हरिवंश आचार्यले चलचित्र नेपाली समाजको कथामा आधारित रहेको स्पष्ट पार्दै चलचित्र हरेरे जस्ताको त्यस्तै धारणा व्यक्त गर्न आग्रह गरेका छन् ।
…………………………………………………………………………………………………………………..
फिल्म हेरेपछि बहिष्कार गर्नुपर्ने भन्दापनि प्रशंसा गर्नुपर्ने धेरै कुराहरु भेटिने दर्शकहरु बताउँछन् ।
फिल्महरू दर्शकमाझ ल्याउदै गर्दा नयाँ सोच र फरक अवधारणालाई पर्दामा उतार्न सजिलो भने पक्कै छैन। निकै चुनौती र संघर्षका बीच नेपाली फिल्म उद्योगमा केही फरक गर्ने प्रयासमा फरक कथावस्तु प्रस्तुत गरेको देखिन्छ। फिल्म हेर्नेहरु भन्छन् ।
फिल्मको कथा एउटा काल्पनिक कथा तर, रोचक ढङले प्रस्तुत गरिएको छ ।
महाभारतका युधिष्ठिर स्वर्गलोक पुगेको धार्मिक ग्रन्थ महाभारतमा उल्लेख छ ।
यदि अहिलेको समयमा धर्तीमा फर्किए के होला ? यही कल्पनालाई फिल्मले रोचक बनाएको हो। हरिवंश आचार्यले निभाएको युधिष्ठिरको भूमिकाले थप रोचक बनाउँछ । स्वर्गलोकबाटै आफ्ना भाइहरूलाई चिन्दै आएपनि भाइहरूले भने उनलाई चिन्न सक्दैनन्।
त्यसपछि कथा जुन तरिकाले अगाडि बढ्छ, त्यसले दर्शकलाई उत्सुक बनाइराख्छ। यसको मुख्य कारण नै कथावस्तु र त्यसको प्रस्तुति हो। दर्शकहरु बताउँछन् । फिल्ममा इभागिरीको आइटम डान्सलाई लिएर पनि बाहिर विभिन्न प्रश्न र आलोचना भएपनि फिल्म हेरेपछि गीत र नृत्य भने केही मनोरञ्नकालागि हो भन्ने दृष्टि राख्दा हुन्छ ।
पात्रलाई द्रौपतिसँग जोडेर प्रस्तुत गरिएको विषय कलियुगको झल्को दिने पात्रका रूपमा देखाइएको मान्दा रोचक बन्छ । तर फिल्ममा उनलाई सीधै द्रौपतिका रूपमा प्रस्तुत गरिएको भने होइन। हामी करोडौँ बजेटको बाहिरी फिल्मको तुलना नगरेर नेपालकै बजेट अनि नेपालका कलाकारको काम हेर्नेहो भने अति उत्कृष्ट हाम्रै नेपाली फिल्म मान्न सकिन्छ ।
दिग्गज कलाकार हरिवंश आचायको उपस्थिति अनि दिपा श्री निरौलाको उपस्थितिमा छुट्टै तरंग ल्याउँछ । महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल, रितेशजंग खत्री लगायतका कलाकारको निकै राम्रो अभिनय छ । हेर्दा यो फिल्म पूर्ण रूपमा त्रुटिरहित भने पक्कै छैन । हरेक काममा केही कमीनै हुने भएकाले अभिनय र प्रस्तुतिलाई निकै राम्रो प्रयास मान्दा फरक पर्दैन ।
नेपाली फिल्म क्षेत्रमा नयाँ कथा नयाँ स्वाद दिने कोशिसको निम्ति गितकै भरमा बहिष्कार गर्नुपर्ने नभनेर कथा प्रस्तुत गर्नेे साहसको कदर गर्दै यस्ता प्रयासलाई प्रोत्साहन गर्नुपर्छ। नयाँ सोच, नयाँ प्रयोग र जोखिम उठाउने फिल्म पाँच पाण्डव सिर्जनात्मक आँटमा खलल नपुगोस ।




























प्रतिक्रिया दिनुहोस्