हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हेटौंडामा आउनु चुनौती बन्ने देखिएको छ । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) यही सोमबार रास्वपा मकवानपुरले हेटौंडा–४,स्थित हुप्रचौरमा आयोजना गर्न लागेको परिवर्तन उद्घोष सभा कार्यक्रमलाई सम्बोधन हेटौंडा आउन लागेका लामिछाने र बालेनका लागि चुनौती अवस्था सिर्जना हुने देखिएको छ ।

बिहीबार दाङ जिल्लाको तूल्सीपूरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा रास्वपाका कार्यकर्ताले जलाएको भन्दै शुक्रबार एमाले निकट संगठन राष्ट्रिय युव संघ मकवानपुरले एमालेका आवद्ध विभिन्न पदाधिकारीहरुको सहभागितामा हेटौंडामा विरोध ¥याली निकालिएको थियो । जस कारण शाह र लामिछाने हेटौंडामा आउँदा चुनौती अवस्थाको सिर्जना हुने देखिएको छ । एमालेको ¥याली हेटौंडा–१०,स्थित बुद्धचोकमा कोण सभामा परिणत भएपछि एमालेका जिल्ला सदस्य सानु लामा दोङले लामिछाने र शाह हेटौंडामा आउन लागेको कुरा हल्लाह चलेको स्मरण गर्दै उनीहरु कसरी आउँदो रहेछन् हेरौंत हामीपनि भन्दै चुनौती दिएका छन् ।

पार्टीको झण्डा जनाउने संस्कार कसले सिकायो ?, त्यसको अधिकार कसले दियो ? र यो कार्य हुँदा पनि नेपाल सरकार किन मुरदर्शक बनेर बसेको छ ? भन्ने कुराको प्रश्न गर्दै त्यस्ता व्यक्तिहरलाई कारबाही नगरेमा उनीहरुलाई दायरामा ल्याउन आफूहरुले सक्ने बताए । एक त हेटौंडाको हुप्रचौरमा लामिछाने र बालेन आउने समयमा मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुँदैछ भने अर्कोतीर झण्डा जलाएको भन्दै आयोजना गरिएको कार्यक्रममा एमालेका जिल्ला सदस्य सानु लामा दोङले लामिछाने र बालेन आउने कार्यक्रमप्रति आपत्ती जनाएका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी