अभिनेता आरुष मगर यतिबेला नाटक ‘आयो गोर्खाली (फर पिस)’ को मञ्चनमा व्यस्त भएका छन्। बंगलादेशका ८४ वर्षीय निर्देशक मामुनार रसिदले निर्देशन गरेका सो नाटकलाई हङकङका ८३ वर्षीय लेखक मोक चिउले लेखेका हुन् ।
मगर व्यस्त रहेका सो नाटकका अन्तिम मञ्चनसँगै मगरको दर्शकमा उनको कामप्रति थप उत्सुक हुन सक्ने देखिएको छ। असोज १३ गते अन्तिम मञ्चन हुँने भनिएको छ।
मगरले रंगमञ्चको दुनिया भन्दा बाहिर चलचित्र क्षेत्रमा पनि आफनो अभिनयको जादु चलाइसकेका छन् । ‘गोर्खा वारियर’, ‘डेसान’, ‘एक्लो’ लगायतका चलचित्रमा उनको अभिनय हामीले देख्न सक्छौँ भने चलचित्र ‘एरी’ प्रदर्शनको तयारीमा रहेको जानकारी गराए। यस देखि बाहेक मगरले इन्डोनेसियाको एक वेब सिरिज मार्फत अन्तर्राष्ट्रिय जगतमा समेत अभिनयको अवसर पाइसकेका छन्।
एक दशक भन्दा लामो समय देखि निरन्तर रंगमञ्चमा सक्रिय आरुष मगर पछिल्लो समयमा हेर्ने हो भने नेपाली अभिनय क्षेत्रमा सम्भावना बोकेका कलाकारका रूपमा देखिएको उनका परिचितहरु बताउँछन्।























प्रतिक्रिया दिनुहोस्