Rato Samachar
Fri, 30 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

 जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ । पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् । फिनल्याण्डको राजधानी हेल्सिन्सीमा भएको एक कार्यक्रममा डिएचएमका महानिर्देशक कमलराम जोशी र एफएमआईका महानिर्देशक जुस्सी काउरोला मौसम पूर्वानुमानमा काम गर्दै आएको डिएचएमको क्षमता अभिवृद्धि गर्दैै मौसम पूर्वानुमान र हवाई उडड्यानका क्षेत्रमा एफएमआईले गर्दै आएको सहयोगलाई विस्तार गर्न सहमत भएका छन् । सन् २०१० देखि दुवै नियकाले यस क्षेत्रमा आवश्यक सहकार्य गर्दै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा भएको कार्यक्रममा महानिर्देशक जोशीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा जल तथा मौसमजन्य विपद्का कारण हुने प्राकृतिक जोखिमको खतरा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक तथा आर्थिकरूपमा सानो मुलुक हो, हामीले जलवायु परिवर्तन निम्त्याउने कुनै काम गरेका छैनौँ, तर औद्योगिक मुलुकको गतिविधिबाट हामीले मार खेप्नुपरेको छ ।” महानिर्देशक जोशीले मौसमजन्य जोखिमको सामना गर्न सक्षम मुलुक फिनल्याण्ड सरकारले नेपाललाई गर्दै आएको सहयोग क्षेत्रीयस्तरमा विस्तार गरी नेपालको प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो । जवाफमा एफएमआईका महानिर्देशक काउरोलाले दुबै नीकायबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र एक–अर्काका अनुभवलाई आदान–प्रदान गरेर मौसमजन्य जोखिम न्यूनीकरण गर्न सहकार्य गर्ने विश्वास दिलाउनुभयो । उहाँले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एफएमआईले मौसम पूर्वानुमानको क्षेत्रमा गर्दै आएको गतिविधि एवं मौसमजन्य असरका विषयमा नेपाल र भियतनामबाट आएको उच्चस्तरीय अध्ययन टोलीलाई विस्तृत जानकारी गराएको थियो । मौसमजन्य सूचना प्रणाली, वित्तीय व्यवस्थापन एवं सम्बन्धित संस्थाहरूसँगको सहकार्यका विषयमा एफएमआईका उच्च अधिकारी तथा वैज्ञानिकबीच अनुभव आदान–प्रदान गरिएको थियो । अध्ययनकै क्रममा शुक्रबार नेपाली टोलीले विश्वमा मौसम पूर्वानुमानका क्षेत्रमा आवश्यक पर्ने सामग्री उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भइसालाको अवलोकन गर्नुका साथै नेपाललाई आवश्यक पर्ने मौसम अवलोकन उपकरण उपलब्धतामा सहजीकरण गर्न आग्रह गरेको थियो । अध्ययन टोलीमा मन्त्री भुसाल, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीलगायतको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

2

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

3

Emerging Trends in Digital Slot Gaming: An Industry Analysis

4

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

5

Innovazione e Sostenibilità nella Chimica Industriale: La Digitalizzazione al Servizio della Ricerca

6

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री
7

रास्वपाका सभापति रवि लामिछाने हेटौंडामा आइपुगे, घण्टी बजाएरै कार्यक्रमको उद्धाटन गरे

8

प्रलोपाबाट मकवानपुर क्षेत्र–१ मा उप्रेती र मकवानपुर क्षेत्र–२ मा विष्टको उम्मेद्वारी

रातो समाचार संवाददाता
9

Vavada Casino

10

सामाजिक सञ्जाल TikTok मार्फत अफवाह फैलाउने दुई युवक नियन्त्रणमा

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology