हेटौंडा । मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ बीच सहकार्य सुरु गरिएको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यल सदस्यहरूलाई एचआइभी परीक्षण, यौन रोगहरूको उपचार, मानसिक स्वास्थ्य परामर्श लगायतका स्वास्थ्य सेवा सहजै रुपमा पाउनेगरी मायाको पहिचान नेपाल र एक÷एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीचको सहकार्य सुरु गरिएको हो । यी दुबै दुबैबीचको सहकार्य सुरु भएसँगै सदस्यहरुले बिना हिज्जकिज्जहाट सहजै तरिकाले स्वास्थ्य सवा लिन मिल्ने वातावरण तयार हुने अपेक्षा गरेको बताइएको छ ।
दुई संस्थाबीचको सहकार्यपछि स्वास्थ्यकर्मीहरुलाई अभिमूखीकरण तालिक प्रदान गरिएको थियो । तालिमलाई मायाको पहिचान नेपालमा कार्यरत र लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले तालिमलाई लैङ्गिक अधिकारको बारेमा जानकारी दिएका थिइन् । लैङ्गिक विविधता भएका व्यक्तिहरूलाई सम्मान गर्न आवश्यक रहेको बताइन् । चञ्चलाले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता प्रक्रियामा आएको प्रगतिबारे बताइन् ।२०८० साल असार १२ गतेको दिनमा सर्वोच्च अदालतले आन्तरिम आदेश जारी गरेपछि लमजुङको दोर्दी गाउँपालिकामा माया गुरुङ र सुरेन्द्र पाण्डेले दक्षिण एसियामै पहिलो पटक समलैङ्गिक विवाह दर्ता गराएका बताइन् । त्यसयता देशभर १८ जोडीको विवाह दर्ता भइसकेको उनले जानकारी दिइन्।
कार्यक्रममा मानव अधिकारकर्मी चञ्चला र मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले जबरजस्ती विवाह, परिवारबाट निष्कासन, मानसिक यातना, समाजबाट तिरस्कार, खुल्न नसक्ने अवस्था, यौनिक पहिचानको अस्वीकृति, एचआइभीको जोखिमजस्ता समस्याहरूले समुदायका सदस्यहरूलाई गम्भीर सङ्कटमा पार्ने गरेको स्पष्ट पारेका थिए । उपाध्यक्ष मधु केसीले भने, “समाजले नर र नारीको सीमामा अट्न नसक्ने व्यक्तिहरूमाथि लाञ्छना र हिंसा थोपर्दै आएको छ। धेरैजसो अवस्थामा त जीवन धान्नकै लागि सडकमा उभिनुपरेको छ।” उनले थपे, “मान्छेलाई मान्छे सरह व्यवहार गरिदिए सडकको किनारमा उभिनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।”उनका अनुसार सेवा सुरु गर्ने समय पनि उल्लेखनीय छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि दिँदै आएको सहयोग कटौती गरेपछि नेपालमा सञ्चालित यौन र एचआइभीसम्बन्धी २० वटा क्लिनिक बन्द भएका छन्। त्यसको क्षतिपूर्ति गर्ने लक्ष्यका साथ यो सहकार्य गरिएको मायाको पहिचान नेपालले जनाएको छ ।
एक÷ एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका प्रशासन व्यवस्थापक अशोक पाण्डेले सेवा प्रदायकको सोच र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए। “जसरी हामीले महिलामैत्री, बालमैत्री वा अपाङ्गमैत्री स्वास्थ्य सेवा भन्ने गरेका छौँ, त्यसैगरी लैङ्गिक र यौनिक विविधता भएका व्यक्तिका लागि पनि संवेदनशील सेवा दिन आवश्यक छ,” उनले भने। उनले मायाको पहिचान नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा मानवअधिकारकर्मी मनिल सिंहले अभिमुखीकरण कार्यक्रम सञ्चालनको उद्देश्य समुदायका सदस्यहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको स्पष्ट पारे।
उनले भने, “सामाजिक पूर्वाग्रह, डर, सङ्कोच र लज्जाका कारण स्वास्थ्य सेवाबाट वञ्चित समुदायका लागि यस्ता सहकार्यहरू जीवनदायी बन्न सक्छन्।”समुदायका सदस्यहरूलाई सेवा लिन स्वास्थ्य केन्द्र पुग्न अनुरोध गर्दै उनले सबै नागरिकका लागि स्वास्थ्य अधिकार सुनिश्चित गर्न राज्य, संस्था, र नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।मायाको पहिचान नेपालका तर्फबाट फोकल पर्सनमा मधु केसी र मनिल सिंह तोकिएका छन्। यो सहकार्यलाई स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता, समावेशिता र मानव अधिकारको प्रत्याभूति गराउने दिशामा एक सशक्त पहलको रूपमा लिइएको छ ।




















प्रतिक्रिया दिनुहोस्