हेटौंडा उपमहानगर ४ मा रहेको भूटनदेवी माविको सटर प्रकरणले खलबलि मच्चिएको छ ।

यसै  बिषयले उग्र रुप लिएर भूटनदेवीको सटर प्रकरणनै जनप्रतिनिधि माथि कुटपिट भयो भने सटरका बिषयमा खलबलि मच्चिएपछि  विद्यालय व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी आयव्यय विवरणका बारेमा जानकारी गराएको छ ।

बिद्यालयले अहिले भाडामा लगाउन तयार पारेको सटर ठेक्का पाएको कम्पनीसंग अन्तिम सम्झौंताको तयारीमा रहेको भएपनि सम्झौता अगावै ठेकेदारले सटर भाडामा दिईसकेका छन् ।

खर्च भएका शिर्षकहरु नखुलाई  बिद्यालयको हिसाव कितावमा एकमुष्ट खर्च देखाइएको हो ।

व्यावसायिक सटर निर्माण गरी भाडामा लगाएर विद्यालयले २ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जानकारी गराईएको हो ।

यता हेटौंडा उपमहानगरपालिका भित्र भवन निर्माण गर्दा उपमहानगरमा इजाजत लिएर नियम अनुसार नक्सा पास गरेर मात्रै भवन निर्माण गर्नुपर्ने भनिएको छ । तर, बिना इजाजत ७३ वटा सटर निर्माण भएको छ ।

बिद्यालयले  बिना नक्सा पास निर्माण गरेकोभएपनि बिद्यालय तर्फबाटनिर्माण भईसकेको सटरका भवनहरुको नक्सा पास व्यावसायिक भवन निर्माणको प्रक्रियामा जाने तयारी भएको  जनाएको छ!

विद्यालयका लागि आयश्रोत हुनुका साथै विद्यालयको जमिनको संरक्षण समेत हुने भएकाले व्यावसायिक सटर निर्माण गरिएको विद्यालयको दावी छ ।

प्राविधिक विषयसहित १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ६ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको र  व्यावसायिक सटरको आम्दानीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको प्रयास भइरहेको विद्यालयले जनाएको हो ।

पछिल्लो समय निर्माण गरिएका ४० वटा व्यावसायिक सटर भने विद्यालयले सार्वजनिक खरिद ऐन अन्तर्गत टेण्डर प्रक्रियाबाट व्यवसायीसँग सम्झौता गरिएको भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिए ।

सुरुवाती चरणमा निर्माण भएका ३० वटा व्यावसायिक सटर विद्यालयले व्यवसायीसँग सम्झौता गरेर भाडामा लगाएको जानकारी दिए ।

सुरुवाती समयमा व्यवसायीलाई खोजी गर्नुपर्ने अवस्थामा रहेपनि अहिले बजार विस्तार भएकाले व्यवसायीबीच प्रतिस्पर्धाका भएरैभाडामा लगाइएको दाहालको भनाइ छ ।

 

बिद्यालयको हिसाव किताव