हेटौंडा । मकवानपुर जिल्लामा ३ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाको क्षेत्र नम्बर-१ र क्षेत्र-२ मा ५३ प्रतिशत मत खसी सकेको हो । जिल्लाको दुई क्षेत्रमा रहेका ३  लाख १५ हजार ३ सय ३४ मतदाता मध्ये १ लाख ६७ हजार १ सय २७ जनाले मतदान गरिसकेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी गराएका छन् । मतदानको लागि समय ५ बजेसम्म तोकिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

जिल्लाको दुबै क्षेत्रको मतदान सकेपछि हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक मतपेटिका ल्याएर मत गणना गरिने बताइएको छ । हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको ‘ए’ ब्लक भवनमा  मकवानपुर-१ को मतगणना हुनेछ । यस्तै, मकवानपुर-२ को मतगणना भुटनदेवी माविको ‘बी’ ब्लक भवनमा गरिने छ  ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर-१ बाट २३ जना र मकवानपुर क्षेत्र नम्बर-२ बाट २१ जना गरि कूल ४४ जनाको उम्मेद्वारी परेको छ । जसमा मकवानपुर-१ बाट नेपाली काङ्ग्रेसकि महालक्ष्मी उपाध्याय डीना, नेपाली कम्युनिष्ट पार्टी नेकपाका विजय, गौतम र नेकपा एमालेबाट रामेश्वर राना लगायतको उम्मेद्वारी परेको छ । जिल्लाभर १६७ मतदान स्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी