नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ३२औँ बैठकले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले सङ्गठन सुदृढ़ीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो । बैठकले गत असार १३ र १४ गते सम्पन्न केन्द्रीय परिषद्को प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल गरी समाजवादसम्बन्धी दस्तावेजका साथै वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय गरेको छ । पार्टीले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने भएको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने पार्टी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिनुभयो ।रासस























प्रतिक्रिया दिनुहोस्