हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि नेपाली काँग्रेसबाट मकवानपुर क्षेत्र नम्बर-१ मा महालक्ष्मी उपध्याय डीनाले उम्मेद्वारी दर्ता गराएकी छिन् । मङ्गलबार निर्वाचन कार्यालयमा नेपाली काँग्रेसकी पूर्व सहमहामन्त्री डीना उपध्यायले उम्मेद्वारी दर्ता गराएकी हुन् । उनको समर्थकमा बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँ र प्रस्तावकमा पार्टीका क्षेत्रीय सभापति दामोदर खनाल रहेका छन् ।
नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य पदको लागि मकवानपुर क्षेत्र नम्बर-२ बाट बुद्ध लामाले उम्मेद्वारी दर्ता गराएका छन् । बुद्ध लामा नेपाली काँग्रेस मकवानपुरका सभापति हुन् भने बागमती प्रदेशका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँको राजनीतिक सल्लाहकार हुन् । उनको समर्थकमा पार्टीका जिल्ला सचिव इश्वर पाठक र प्रस्तावकमा बागमती प्रदेश क्षेत्रीय सभापति तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन काला खेती रहेका छन् ।



















प्रतिक्रिया दिनुहोस्