Rato Samachar
Fri, 30 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

निःशुल्क व्यवसायिक सेवा दिन ‘कर्णाली साझा मञ्च’

कर्णालीका व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्न ‘कर्णाली साझा मञ्च’को प्रस्ताव गरिएको छ । क्यान महासङ्घ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष तथा सुर्खेत आइटी सेन्टरका सञ्चालक पूर्णदेव अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर सो मञ्चको प्रस्ताव गर्नुभएको हो । कर्णालीका उद्योग तथा व्यापार व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यका साथ मञ्चको अवधारणा ल्याइएको सञ्चालक अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रस्तावित मञ्चको संयोजकको भूमिका युवा व्यवसायी एवं सुर्खेत उद्योग वाणिज्य सङ्घ सुर्खेतका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालाई दिइएको छ । उक्त मञ्चबाट निःशुल्क व्यवसाय सेवा केन्द्र सञ्चालन गर्ने, व्यावसायिक परामर्श, उद्योग व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम, उद्योगी व्यवसायीलाई सीप तथा तालिम, सम्बन्धित सरकारी निकायसँगको समन्वयमा परिवर्तित सरकारी नीति–नियमको जानकारी उपलब्ध गराउनेलगायतका काम गर्ने बताइएको छ । सो अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले मञ्चको अवधारणा नवप्रवद्र्धनात्मक र प्रवद्र्धनात्मक भएको बताउनुभयो । “व्यवसायीको संरक्षणार्थ एवं प्रवद्र्धनार्थ हामीले सुर्खेत व्यवसायी राहत अक्षय कोषको स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “उक्त कोषमा हाल करिब रु ४२ लाख सङ्कलन भएको छ । अब हामी त्यसलाई एक करोड पु¥याउने छौँ ।” व्यावसायिक धर्मप्रति कटिबद्ध भएर उद्योगी व्यवसायीलाई समस्या पर्दा कोषबाट सहयोग हुने अध्यक्ष कँडेलको भनाइ थियो । सङ्घका सदस्य जनक थापाले मञ्चमार्फत गरिने सम्पूर्ण काम निःशुल्क हुने जनाउँदै सुर्खेतलाई नेपालकै उत्कृष्ट उद्योग वाणिज्य सङ्घ बनाउने उद्देश्यका साथ लागिपरेको बताउनुभयो । जन्मदिनको अवसरमा सञ्चालक अधिकारीले रु २१ हजार र सङ्घका अध्यक्ष कँडेलले रु २५ हजार मञ्चको कोषमा सहयोग गर्नुभयो । त्यसैगरी सङ्घका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेम रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्य सन्तोष बराइली, अर्जुनजङ्ग शाही, जनक थापा, बुद्ध लामा, निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, पूर्वसदस्य रामप्रसाद जैशी, प्रेम भण्डारी व्यवसायी रणबहादुर खड्का, बालकुष्ण भट्टराई, पोषण खरेल, रेशम शाहीले रकम सहयोग गर्नुभयो । उद्योगी व्यवसायीका समस्यालाई साझारूपमा समाधान गर्न साझा मञ्चको कोषमा हालै रु दुई लाख ४० हजार रकम सङ्कलन भएको सङ्घका कोषाध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । सङ्घका महासचिव भद्र भण्डारीले स्वस्थ व्यवसायमार्फत सबै व्यवसायी मिलेर निजी क्षेत्रलाई अब्बल सफल स्थापित गर्नुपर्नेमा जोड दिँदै निःशुल्क व्यवसाय सेवा केन्द्रको सञ्चालनबाट निजी क्षेत्रको उत्थानमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

2

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

3

Emerging Trends in Digital Slot Gaming: An Industry Analysis

4

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

5

Innovazione e Sostenibilità nella Chimica Industriale: La Digitalizzazione al Servizio della Ricerca

6

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री
7

रास्वपाका सभापति रवि लामिछाने हेटौंडामा आइपुगे, घण्टी बजाएरै कार्यक्रमको उद्धाटन गरे

8

प्रलोपाबाट मकवानपुर क्षेत्र–१ मा उप्रेती र मकवानपुर क्षेत्र–२ मा विष्टको उम्मेद्वारी

रातो समाचार संवाददाता
9

Vavada Casino

10

सामाजिक सञ्जाल TikTok मार्फत अफवाह फैलाउने दुई युवक नियन्त्रणमा

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology