इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले सफलता हात पारेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० गोलले हरायो । अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोलले स्तब्ध बनायो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन काई हाभर्टजले ८९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीले २८ खेलबाट ५९ अंक बनाएको छ । पराजित न्युक्यासल ३१ अंक सहित १४औँ स्थानमा छ । यस्तै आर्सनललाई जिताउन थोम पार्टीले ११औँ र अलेक्सान्द्रे लाकाजेट्टीले ५९औँ मिनेटमा गोल गर्नुभयो ।

जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । आर्सनलको २६ खेलबाट ५१ अंक छ । पराजित लेस्टर ३३ अंक सहित १२औँ स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ६९ र दोस्रो स्थानमा रहेको लिभरपुलको ६६ अंक छ । एजेन्सी

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो