नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टीमा आवद्ध जनप्रतिनिधिहरूले जनताको अपेक्षा बुझेर काम गर्नुपर्ने बताएका छन् ।

एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयोजना स्थानीय तह विभागको संयोजनमा गरिएको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रानाले यस्तो बताएका हुन् ।

जनताको कामलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पादन गर्न र पार्टीले निर्वाचनमा जारी गरेको घोषणापत्रलाई मार्गदर्शनको रूपमा लिनुपर्ने उनको भनाई छ ।

उनले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू समाजमा अब्बल रूपमा कामबाट स्थापित हुनुपर्ने र जनताको हरेक समस्या समाधानका लागि रहन अनुरोध समेत गरेका छन् ।

आगामी संसदीय निर्वाचनको नतिजाले नै उचित जवाफ दिनका लागि “आज प्रतिक्रयावादी र अवसरवादीहरूले नेकपा एमालेमाथी चौतर्फी घेराबन्दी गरेको अवस्थामा चौतर्फी घेराबन्दी तोड्न जनप्रतिनिधिहरु क्रियाशिल भई सबै जना चनाखो हुनुपर्ने बताए ।

यसैक्रममा बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले गठबन्धन सरकारले सत्ता टिकाउन विदेशीको खेल मैदान बनाउने षडयन्त्रलाई सहयोग गरेको आरोप लगाए ।

उनले राष्ट्रियता जोगाउन एमाले बलियो हुनुपर्ने उल्लेख गर्दै विकास र समृद्विका लागि जनतालाई राष्ट्रिय राजनीतिको बारे स्पष्ट पार्नुपर्ने सुनाए ।

त्यस्तै जिल्ला कमिटी सचिव नवीन सिग्देलले पार्टीले सञ्चालन गरेको ४५ दिने संगठन सुदृढीकरण र शुद्विकरण अभियानबारे जानकार िदिए ।

कार्यक्रममा पार्टी जिल्ला उपसचिव हिदम लामाले भेलाको महत्व र जनप्रतिनिधिको भूमिकाबारे बताए ।

पार्टी जिल्ला उपाध्यक्ष तथा स्थानीय तह विभागका प्रमुख लालबहादुर थापाले समाजवादको आधार तयार गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध नियमित अन्तरिक्रया र छलफल गर्दै सुदृढ गर्दै प्रभावकारी बनाउनु पर्ने बताए ।

 

पार्टी जिल्ला उपाध्यक्ष तथा स्थानीय तह विभागका प्रमुख लालबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्यहरू भगवती पुडासैनी, अर्जुन अर्याल ईन्द्रमान स्याङ्तान, भोजराज ढकाल, जिल्ला उपसचिव सीता बिष्ट, जिल्ला सचिवालय सदस्यहरू फूर्वादोर्जे लामा, अनिल बानियाँ, जुना दाहाल, दीपक खड्का, ईन्द्र सरोवर गाउँपालिका अध्यक्ष डिके पुडासैनी, उपाध्यक्ष उमा लामा एमालेबाट निर्वाचित १० वटै पालिकाका वडा अध्यक्ष र सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।