नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आउदै गरेको स्थानीय तहको निर्वाचनलाई परिणाममुखी बनाउनुपर्ने बताएका छन् ।

निर्वाचनमा गठबन्धन हुनसक्ने भएको बताउदै टिकटको पछि लाग्नु भन्दा पनि कांग्रेस बढाउन लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबारबाट सुरु भएको कांग्रेसको मकवानपुर जिल्ला अभियानको शुभारम्भ कार्यक्रममा सत्ता साझेदार दलको बीचमा गठबन्धन हुने सम्भावना समेत रहेको बताएका हुन् ।

आवश्यकता परे गठबन्धन संग मिलेर जान सक्ने आवश्यकता, औचित्यता र सक्रियताको आधारमा टिकट दिने स्पष्ट पारे ।

कम्युनिष्टहरुले गरेको झुटको खेतीको बिषयमा जनतालाई बुझाएर कांग्रेसलाई जिताउन पर्ने उनको भनाई छ ।