मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिएको छ ।

गाउँपालिकाअध्यक्ष अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षता बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई नेपालमै चौथो  स्थानीय शासन युक्त बाल मैत्री घोषणा गरिएको हो ।

सुरुमा ३९ वटा सुचकमा काम गरेको भएपनि हाल ५१ वटा सुचकहरु पुरा गरेर गाउंपालिका वडा नम्बर ५ श्री शारदा मा.बि को खेल मैदानमा गाँउपालिकालाई स्थानीय शासन युक्त बाल मैत्री घोषणा गर्न सफल भएको अध्यक्ष विदुर हुमागाईले बताए ।

कार्यक्रममा बिभिन्न स्थानिय तहका प्रतिनिधि, जनप्रतिनिधि, गाँउपालिकाका अध्यक्ष, वडाध्यक्ष, गाउँपालिकाका प्रतिनिधि कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।

 

नेपालमा हालसम्म मकवानपुरगढीसहित मनहरी, बकैया र रम्भा गाउँपालिकामा बालमैत्री शासन लागु भएको छ । मकवानपुरगढी नेपालको चौथो, बागमती प्रदेशको तेस्रो र ५१ वटा सुचकमा नेपालकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका हो । यसअघि ५१ वटा सुचक पुरा गरी पाल्पाको रम्भा गाउँपालिकाले बालमैत्री घोषणा गरेको थियो । त्यस्तै मकवानपुरको मनहरी र बकैयाले ३९ वटा सुचकमा बालमैत्री घोषणा गरेको थियो ।