गैरआवासीय नेपाली संघ एन आर एन ए चीनले ‘ महिलामा हुने महिनावारी सम्बन्धि स्वच्छता सचेतना’ अभियान सुरु गरेको छ ।

सो अभियान अन्तर्गत एन आर एन ए  एनसीसी चीनको महिला संयोजक पुन्यवती सुवेदी (सहनशिला) को संयोजनमा  कार्यक्रमलाई अघि सारिएको हो।

सोमबारबाट यो अभियान सुरुगरि काठमाडौं विकट क्षेत्रको सामुदायिक विद्यालयमा भएको पहिलो चरणको कार्यक्रममा संघले  तारकेश्वर स्थित जितपुर उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई डाक्टरहरु द्वारा महिनावारी सम्बन्धि सचेतना गराइएको हो ।

उक्त कार्याक्रममाविद्यालयका प्रध्यानाध्यापक राजेन्द्र ज्ञवाली सह प्रध्यानध्यापक राधिका सुवेदी, वीर अस्पताल  डा.सरु श्रेष्ठ, डा.जास्मिन श्रेष्ठसँगै कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमम डाक्टर सरु र जास्मिनद्धारा महिनावारी समस्याका जानकारी गराउदै संघद्धारा छात्रा तथा छात्रहरुलाई  समेत  प्याड वितरण गरेको गरिएको हो ।

कार्यक्रमलाई अधिक प्रभावकारी बनाउन संघ अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको संघका अध्यक्ष रोहित अग्रवालले  बताए ।

उनले महिला सगसगै पुरुषहरूलाई पनि सहभागी  गरार्इ यस विषयमा शिक्षा  दिइ  महिनावारी भएको अस्वथामा आफ्नो छात्रा साथीहरू तथा घरपरिवारको स्वास्थ्य सुरक्षा  गर्न मद्दत हुने उद्देश्य ले कार्यक्रम गरिएको बताए ।

यसैक्रममा महिनावारी  हुँदा छोरी चेलीको स्वास्थ्यमा हुने लापरवाही, छुवाछुवत प्रथाका कारण बन्द कोठा भित्र सीमित रहनु पर्ने  अवस्थाको अन्त्य गर्दै नारी व्यक्तित्व विकासमा ध्यानाकर्षण गराउनका निम्ति र  समजमा परिवर्तन  ल्याउन  का निम्ति यस्तो किसिमको कार्यक्रम अपरिहार्य  रहेको संयोजक सुवेदी ले बताईन् ।

उनले यस्तो बेला बुवा, दाजुभाई, काका, मामा लगायत का पुरुष आफन्त देखि घरपविारले आफुनजिक राख्ने, सरसफाइका बारेमा जानकारी गराउने , स्वास्थ्यको अनुकुल खानपान गराउने, कुराकानी गरी महिनावारी समान्य प्राकृतिक प्रक्रिया हो भन्ने सकारात्मक सोचको प्रवाह गरिनुपर्ने बताईन् ।

यसो गर्न सकेमा छोरी मान्छेको  बौद्धिक विकासमा आमूल परिवर्तन ल्याउन सकिने विश्वासले आफु सक्रिय रहने बताएकी हुन् ।

समितिका अध्यक्ष रोहित अग्रवाल, आइ.सी.सी.प्रतिनिधि प्रदीप न्यौपाने, उपाध्यक्ष निर्मल चौलागाई, सचिव राजकुमार खरेल, सल्लाहाकार आर के खड्का, दिलबहादुर कठायत, सदस्यहरु युवराज थापा, आर के प्रधान, विजय पराजुली लगायत चीनमा बसोबास गरी व्यव्साय गर्नै व्यवसायी  विवेक कोइराला लगायतको उपस्थिति र साहयोगमा कार्यक्रम सम्पन्न गरिएको बताइन् ।

संयोजक  सुवेदी ले भनिन् “  महिनावारी सचेतनामा पुरुषको पनि भुमिका अतिनै आवाश्यक छ ।आजको समय भनेको विज्ञानको युग हो । त्यसैले घरमा भएको श्रीमती देखि घरका महिला सदस्यहरु आमा, दिदीबहिनी, छोरी लगायत  सबैको लागि महिलाले मात्र  सोच्नु पर्छ स्यानीटरी प्याड लानुपर्छ भन्ने मान्यताको अन्त्य जरुरी छ । पुरुषले पनि व्यवस्थापन  गर्न सक्छन् र अन्य तरिका बाट पनि सहयोग गरी सहजीकरण को भुमिका निर्वाह हुन्छ  भन्ने विश्वास ले अभियानमा अघि बढ्ने सोच बनएको हो । कार्यक्रमा  डाक्टर सरु र जास्मिन  ले विद्यार्थी हरुलाइ महिनावारी सम्बन्धि सम्पूर्ण जानकारी दिनुभयो । संघले जिम्मेवारी दिएर काम गर्ने अवसर पाएकोमा  संघलाई धन्यवाद  दिन चाहान्छु। मैले भनेका बिचारलार्इ स्वीकार गर्दै साथ दिनु भएको छ। साथ र सहयोगले थप उर्जाशिल बनाएको छ । सम्पूर्ण कार्यसमिति परिवार डाक्टर सरु र जास्मिन ज्यु संचारकर्मी लगायत सबैप्रति आभारी छु ।”