नेपालका ६ खेलाडीले बेल्जियन ओपन जी–२ तेक्वान्दोमा च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेतासहित नेपालका ६ पुरुष खेलाडीले बेल्जियमको लोमेलमा हुने च्याम्पियनसिपको ग्योरोगीतर्फचुनौती प्रस्तुत गर्न लागेका हुन्। त्यसका लागि १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दै छ।
चैत ५ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपको ८० केजीमुनिमा धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान र ५४ केजीमा मोहम्मद उमर खानले नेपालको चुनौती पेस गर्नेछन्।
टोलीमा दुई खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता छन्। सागमा वीरबहादुरले ग्योरोगीमा स्वर्ण तथा शिशिरले पुम्सेमा कांस्य जितेका थिए। चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष गोपाल श्रेष्ठ हेड अफ टिम कोचको जिम्मेवारीमा छन्।
प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा शैलेश श्रेष्ठ छन्। वीरबाहेक सबै चितवन जिल्लाकै खेलाडी हुन्। रवीन्द्र मल्ल र ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्काले च्याम्पियनसिमा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघद्वारा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष प्रकाशमशेर राणा, सदस्यद्वय राम गिरी, कुमार लामा घिसिङ र नेपाल तेक्वान्दो संघका बाग्मती प्रदेश अध्यक्ष केशव पुरीलगायतले बिदाइ गरेका थिए। अध्यक्ष राणाले देशको झन्डा बोकेर गएका खेलाडीले उँचो प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्