हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेद्वार प्रकाश गौतमले दोब्बर मतले अग्रता बनाएका छन् । हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनमा कूल १४ हजार ६ सय ९७ मत गणना गर्दा ८ हजार मतले अग्रता बनाएका छन् । प्रकाश गौतमले ८ हजार ९ सय ४६ मतले अग्रपङ्तीमा रहेका छन् ।

यस्तै, नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिनाको अहिले सम्म १ हजार ७ सय २६ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेद्वार रामेश्वर रानाले १ हजार ५ सय १४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपकबहादुर सिंहले १ हजार ८७ मत र नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले ५ सय ७ मत प्राप्त गरेका छन् । ४ सय १६ मत भने बदर भएको छ । मकवानपुर–१ मा अझै ८० हजार ६ सय १३ मत गणना गर्न बाँकी रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी