आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका सुरेन्द्र लामा (योन्जन) मकवानपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार बनेका छन्।

मकवानपुर क्षेत्र नं.-१ का लागि कम्प्युटर इञ्जिनियर (Computer Engineer – TU college topper) समेत रहेका सुरेन्द्र उम्मेदवार  बनेपछि जनताको समस्यालाई प्राथमिकतामा  भन्दै मतदातासंग भेटघाट गरिरहेका छन् ।

उम्मेदवार सुरेन्द्रले स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका दीर्घकालीन समस्याहरू गम्भीर र तत्काल समाधानका लागि जोड दिएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नागरिकको समस्या र मुद्दाहरूलाई आफ्नो शिक्षाको योग्यता र क्षमताको आधारमा क्रमशः समाधान गर्ने धारणमा उम्मेदवारी दिएको र जनतको ह समस्या बुझे काम गर्ने उम्मेदवार योञ्जन बताउँछन्।

………………………………………………………………………………………………………..

सुरेन्द्र लामा (योन्जन)    Computer Engineer – TU college topper

अध्यक्ष  –  कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टी मकवानपुर 

 

 

…………………………………………………………………………………………………………………………………………………

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।

…………………………………………………………………………………………………………………………………………………

मकवानपुरको बागमती लगायतका क्षेत्रमा प्राथमिक पूर्वाधार अभाव, कमजोर सडक, तथा वर्षायाममा बारम्बार आउने बाढी लगायत स्थानीयको आवाजलाई आफ्ना नीतिगत र कार्यान्वयन बनाउनुपर्नेमा स्पष्ट रहेको बताउँछन् ।

बागमती–२ क्षेत्रमा उचित पुल तथा सडक निर्माण नहुँदा आवतजावतमा भोग्नुपरेको समस्या वर्षायाममा बारम्बार बाढीले स्थानीय कृषिजन्य तथा आवासीय क्षेत्र पारेको प्रभावको समाधानका निम्ति काम गर्ने बताए ।

विशेष गरी गुहिये, लामकाना र चौरावा क्षेत्रमा पर्ने तीन खहरेमा वर्षा सँगै बाढी आउँदा जनजीवन र पैदावार दुवै प्रभावित भएको उल्लेख गर्दै स्थानीयवासीले “दोस्रो कर्णाली” मा बसिरहेको अनुभूत भइरहेको पाएको सुनाए ।
उम्मेदवार लामा (योञ्जन) भन्छन्  “स्थानीयवासीको समस्या समाधान गर्न राज्यको ध्यान पु¥याउनु हाम्रो दायित्व हो र यसकै लागि म तयार छु । क्षेत्रको समग्र विकासलाई तिब्रता प्रदान गर्ने प्रतिवद्धता गर्दछु ।”

निर्वाचन क्षेत्रमा मतदातासंग भेटघाट गर्दै सुशासन, समावेशी विकास र आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताएका हुन् ।

…………………………………………………………………………………………………………………………………………………….

प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका थिए ।

अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा बुझाएका घिसिङको नेतृत्वमा  उज्यालो नेपाल पार्टी  बनेको हो ।

……………………………………………………………………………………………………………………………………………………..

 

रातो समाचार संवाददाता
थप जानकारी