हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०,स्थित डम्पिङ साइटमा फोहोर व्यवस्थापन क्रममा भएको प्रदुष्ण नियन्त्रण गर्न माग राख्दै नगर प्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षण गराएका छन् । मंगलबार जेनजी मकवानपुरका संयोजक सुविन खत्रीको नेतृत्वको टोलीले हरित नगरको नामले प्रचलित हेटौंडा उपमहानगरपालिकामा पछिल्ला समयहरुमा फोहोर व्यवस्थापना लापरबाही भएको जनमानसवाट बाराम्बार गुनासो आइरहेको भन्दै नगर प्रमुख मीनाकुमारी लामालाई ज्ञापनपत्र बुझाएका छन् । डम्पिङ साइटमा फोहोर व्यवस्थापनका लागि जिम्मेवारी प्राप्त आधिकारिक संस्थाद्वारा नियोजित तरिकाले आगो लगाइएको स्थानीय वासिन्दाहरुको आरोप रहेको जेनजी मकवानपुरका संयोजक सुविन खत्रीले बताएका छन् ।
डम्पिङ साइडमा लागेको आगोले निस्किएको धुँवा, धुलोका कारण र प्लास्टिक जन्य पर्दाथबाट उत्पन्न घातक रसायनीक पदार्थको प्रदूषणले गर्दा क्यान्सर जस्ता गम्भीर रोग देखा पर्न थालेको आसपासका वासिन्दाहरुको गुनासो गरेपछि उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको उनले बताए । फोहोर संकलनमा शुल्क निर्धारण प्रक्रियामा जनस्तरबाट व्यापक बिरोध आइरहेको बताइएको छ । हामी जेन्जीले अध्ययन गर्दा तुलात्मकमा अन्य नगर भन्दा अधिक रकम लिएको र फोहोर संकलनका लागि बोलपत्र आव्हानमा समेत सिण्डीकेट देखिएको बुझिएको ध्यानाकर्षणपत्र मार्फत जानकारी गराइएको छ ।
यस विषयमा हेटौंडा उपमहानगरपालिका, सरोकारवाला निकाहरुले पीडितहरुसँग समस्या समाधानका लागि विभिन्न समयमा सम्झौता गरेपनि हालसम्म समस्याको समाधान गर्न नसकेको गुनासो पनि आइरहेको बताइएको छ । यस विषयमा बारम्बार जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिने गरेको सबैले जीकिर गर्नु तर, आम जनतामा परेको गम्भीर समस्यामा उपमहानगरपालिका किन मौन छ ? भन्ने कुरामाथि जेनजी समूले प्रश्न गरेका छन् । उनले यस समस्या समाधानका लागि तत्काल कदम चलाउन उपमहानगरलाई आग्रह गरेका छन् ।
फोहोरको उचित व्यवस्थापनका लागि जग्गा छैन्, तपाइँहरुले सुझाव दिनुहोस : नगर प्रमुख लामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले फोहोर व्यवस्थापनका लागि जग्गा नपाएको बताएकी छिन् । जेनजी मकवानपुरले बुझाएको ज्ञापनपत्र लिएपछि उनले फोहोरको राम्ररी व्यवस्थापन गर्नका लागि जग्गा खोजिरहेको बताउँदै जनताको पनि केही दायित्व हुने भएकोले सुझाव मागेकी छिन् । फोहोरको उचित व्यवस्थापन गर्नका लागि आफैँबाट थाल्नी गर्नुपर्ने भएकोले जेनजीले यसको सुरुवात गर्नुपर्ने बताएकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाले मंगलबार मात्रै प्लाष्टिकको फोहोर उठान काम गर्ने गरेको बताइन् । २०२६ सालदेखिको फोहोर डम्पिङ साइटमा जम्मा भएकोले त्यत्रो फोहोर एकै पटक व्यवस्थापन गर्न सम्भव नभएको उनले बताइन् । उनले भनिन्,,–हामीले मात्र के गर्ने ? हामीले त्यसको व्यवस्थापनका लागि राम्रो ठाउँ पाएका छैनौं, तपाइँहरुले हामीलाई कहाँ ठाउँ छ भन्नुहोस अहिले ठाउँ देखाउनुहोस हामी त्यही अनुसार त्यसको व्यवस्थापन गर्छौं । तत्कालका लागि समस्या समाधान भनेमने आगो निभाउने हो । उनले भनिन् । नगरपालिकालाई दुःख दिनका लागि नियोजोत ढङ्गबाट आगो लगाएको उनले अरोप लगाइन् ।
डम्पिङ साइटमा एकवर्षको अवधिमा धेरै पटक आगो लगाउने काम गरिएको उनको भनाई छ । अहिले दैनिक नगर प्रहरीको निगरानीमा डम्पिङ साइट रहेको उनले बताइन् । सीसी टिभी क्यामरा जडान गरेको थियो । तैपनि त्यो तार काटेर आगो लगाएको हो–उनले भनिन् । डम्पिङ साइडमा ग्यास निक्लिएर आगो लाग्न सकिने इन्जिनिएरहरुको भनाइ रहेको उनले बताइन् ।

















प्रतिक्रिया दिनुहोस्