हेटौंडा । हेटौंडामा जुनियर संस्करणको कार्निवल क्रिकेट प्रतियोगिता–२०२५ हुने भएको छ । भोलि शुक्रबार र पर्सी शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, गर्दोहीस्थित हेटौंडा स्पोर्टस् एकेडेमीमा दुई दिनसम्म जुनियर कार्निवल क्रिकेट प्रतियोगिता हुने भएको हो । मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरगढी र प्रोजेक्ट एचको संयुक्त आयोजनामा लिगकम नकआउट प्रणालीको आधारमा प्रतियोगिता हुन लागेको हो । ६ ओभरको खेल खेलाइने प्रतियोगितामा हेटौंडाका ९ वटा संस्थागत विद्यालयका सहभागिता रहने आयोजकले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागी हुने संस्थागत विद्यालयहरु ।

क्रिकेटलाई आधारभूत स्तरदेखिनै उकासन, निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याबसनले आयोजना गर्ने प्रतियोगिता विगतको वर्षदेखि सञ्चालन नभएकोले प्रोजेक्ट नाममा प्रतियोगिता गर्न लागेको आयोजकका कुमार सुवेदीले बताएका छन् । हेटौंडा–११,स्थित जेम्स इंग्लिस बोर्डिङ्ग स्कूलमा मुख्य सहयोगमा हुन लागेको प्रतियोगितामा जेम्ससहित हेटौंडा–१०,स्थित सोलिड्यारिटी इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूल, हेटौंडा–५,स्थित जीएस निकेतन इंग्लिस बोर्डिङ, हेटौंडा–२,स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ, हेटौंडा–११,स्थित हेटौंडा एकेडेमी बोर्डिङ्ग,हेटौंडा–४,स्थित नवोदय शिशु सदन बोर्डिङ्ग र हेटौंडा–५,रिलायन्स इंग्लिस सेकेण्डरी बोर्डिङ्ग सहभागिता रहने कुमार सुवेदीले बताए ।
प्रतियागिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट व्याट्स म्यान र उत्कृष्ट बलरले ट्रफी प्राप्त गर्नेछन् ।

















प्रतिक्रिया दिनुहोस्